१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तराई-मधेसको सुरक्षा अवस्थाप्रति सांसद झाको चासो, राज्य संयन्त्रलाई थप सक्रिय बन्न आग्रह

अ+ अ-

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले तराई-मधेससहित पूर्वी क्षेत्रका केही जिल्लामा देखिएको पछिल्लो सुरक्षा अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले सामाजिक सद्भाव र शान्ति सुरक्षाको वातावरण कायम गर्न राज्यका निकायहरू अझ प्रभावकारी रूपमा परिचालित हुनुपर्ने धारणा राखे ।

उनका अनुसार मधेस प्रदेशका करिब २० जना सांसदहरूले पार्टी सभापति रवि लामिछानेसँग सम्बन्धित क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल गरेका छन् । धनुषामा ओम प्रकाशको मृत्यु भएपछि उत्पन्न परिस्थितिले स्थानीय स्तरमा असहज अवस्था सिर्जना भएको भन्दै उनले सरकारको तदारुकता अपेक्षाअनुसार नदेखिएको टिप्पणी गरे ।

सांसद झाले घटनासँग जोडिएका पीडित पक्षले अझै शव बुझ्न नसकेको, परिवारलाई आवश्यक राहत, सान्त्वना र क्षतिपूर्तिको व्यवस्था हुन नसकेको विषयमा गृह प्रशासनको ध्यान जानुपर्ने बताए ।

उनले तराई-मधेसको सुरक्षा संवेदनशीलतालाई संघीय सरकारले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनकपुरजस्तो महत्वपूर्ण शहरमा समेत असुरक्षाको अनुभूति हुने अवस्था आउनु चिन्ताको विषय भएको उल्लेख गरे । बजार तथा व्यापारिक गतिविधि प्रभावित हुनु र विरोधका गतिविधि बढ्नुले सामान्य जनजीवनमा असर परेको उनको भनाइ थियो ।

सांसद झाले नेपालको दीर्घकालीन सामाजिक तथा धार्मिक सहिष्णुताको परम्परा कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए । समाजमा विभाजन र असहिष्णुता बढाउने कुनै पनि गतिविधिप्रति सचेत रहँदै शान्ति र सद्भाव कायम गर्नुपर्ने उनको आग्रह छ ।

0 Comments