१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्थानीय समस्या समाधानमा तीन तहकै सरकारबीच सहकार्य आवश्यक’ : सञ्चार मन्त्री तिमिल्सिना

अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले स्थानीय तहमा देखिएका विकाससम्बन्धी समस्या समाधान गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री तिमिल्सिनाले लिखु गाउँपालिकाका स्थानीयवासी, जनप्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका पदाधिकारीसँग गरेको छलफलमा विकासका कामलाई परिणाममुखी बनाउन सबै तहका सरकारको संयुक्त पहल आवश्यक रहेको बताएका हुन्।

छलफलका क्रममा स्थानीयवासीले लिखु गाउँपालिकामा कृषि क्षेत्रसँग जोडिएका समस्या, पूर्वाधार विकास र स्थानीय आवश्यकताका विषयमा ध्यानाकर्षण गराएका थिए। उनीहरूले कृषकले मल अभावको समस्या भोग्नुपरेको, स्थानीय उत्पादनले सहज बजार पाउन नसकेको, सिँचाइ सुविधा पर्याप्त नभएको तथा सडक पूर्वाधार सुधार आवश्यक रहेको विषय उठाएका थिए।

त्यसैगरी, गाउँपालिकामा सञ्चालन भइरहेका विकास निर्माणका योजनालाई थप प्रभावकारी र तीव्र गतिमा अघि बढाउनुपर्ने मागसमेत स्थानीयले राखेका थिए।

मन्त्री तिमिल्सिनाले स्थानीय समस्याको पहिचान र समाधानका लागि स्थानीय जनप्रतिनिधि तथा समुदायको सक्रिय भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। उनले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा योजना निर्माण तथा कार्यान्वयन गर्न सके विकासका काम प्रभावकारी बन्ने धारणा व्यक्त गरे।

उनले दीर्घकालीन र जटिल प्रकृतिका समस्या समाधानका लागि तीनै तहका सरकारबीच नियमित संवाद, सहकार्य र समन्वय आवश्यक रहेको बताए। सरकारका विभिन्न तहबीचको सहकार्यबाट मात्र नागरिकको अपेक्षाअनुसार विकासका परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो।

नुवाकोटका नागरिकले उठाएका विषयप्रति आफू जिम्मेवार रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले जिल्लाको पूर्वाधार विकास, जनजीविका र स्थानीय आवश्यकतासँग सम्बन्धित विषय समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाए।

जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय समुदाय र सरकारी निकायबीच निरन्तर सहकार्य कायम भए विकास निर्माणका कामलाई गति दिन सहज हुने उनको भनाइ थियो। मन्त्री तिमिल्सिनाले यसअघि नुवाकोटका ककनी, तादीलगायत विभिन्न स्थानीय तहका समस्या र आवश्यकताबारे समेत जानकारी लिइसकेका छन्।

0 Comments