१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिदाको दिन पनि राहदानी विभागमा भीड, सेवाग्राही भन्छन्- ‘समयमै पासपोर्ट पाएनौँ’

अ+ अ-

काठमाडौँ । सार्वजनिक बिदाको दिनमा समेत राहदानी (पासपोर्ट) विभागमा राहदानी बनाउनेको भीड लागेको छ । दक्षिण कोरियामा रोजगारी अनुमति पत्र (इपिएस) को आवेदनको लागि विभागमा ई-पासपोर्ट बनाउने सेवाग्राहीहरूको भीड लागको हो ।

विभागले सेवाग्राहीको चापलाई मध्यनजर गरेर सार्वजनिक बिदाको दिनमा समेत पासपोर्ट वितरण गर्ने व्यवस्था मिलाएको छ । विभागले शनिवार र आइतबार सार्वजनिक बिदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा दिने व्यवस्था गरेको जनाएको छ । आइतबार बिहानैदेखि राहदानी लिने सेवाग्राहीहरूको विभागमा भीड लागेको छ ।

विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूले समयमा नै राहदानी पाउन नसकेको गुनासो गरेका छन् । विभागले राहदानी सेवा प्रवाहलाई सहज बनाएको दाबी गरे पनि सेवाग्राही तिलकबहादुर घर्ती मगरले भने फास्ट ट्रयाक सेवा पनि प्रभावकारी नभएको गुनासो गरे। इपिएस परीक्षाका लागि राहदानी बनाउन रोल्पादेखि काठमाडौँ आएको एक साताभन्दा बढी भइसक्दा पनि राहदानी नपाएको उनको गुनासो छ ।

उनले सुरुमा आवेदन दिन नै वेबसाइट नखुलेर मुस्किल परेको बताए । आवेदन दिएपछि तीन दिनमा राहदानी तयार हुने र एसएमएस आउने भनिए पनि अहिलेसम्म कुनै सन्देश नआएको उनको गुनासो छ । राहदानी ढिलो हुँदा इपिएस आवेदनको अन्तिम म्याद गुम्ने जोखिम रहेको भन्दै उनले सेवा छिटो र व्यवस्थित बनाउन सरकारसँग आग्रह गरे।

उनले भने, ‘इपिएस परीक्षाको लागि पासपोर्ट बनाउन काठमाडौं राजधानी सम्म आइयो । म आएको एक हप्ता जति भइसक्यो, शुरुमै फर्म भर्दाखेरि सर्भर डाउन भएर समस्या परिरहेको थियो । फर्म भर्न नै दुई तीन दिन लाग्यो, बल्ल फर्म भरियो, बिहान ६ बजे देखि लाइन लागेर साँझको ५ बजे तिर मैले अप्लाई गरेको थिए, पासपोर्टको लागि । बुधवार अप्लाई गरेको थिए, मलाई तीन दिनपछि आउनु भन्नुभएको थियो । नभए म्यासेज आउँछ, म्यासेज आएपछि आउनु भनेको थियो तर म्यासेज पनि आएको आएकै छैन । अनि तिन दिन भइसक्यो । यो इमरजेन्सीमा २४ आवरमा काम हुनुपर्ने हो । २४ आवर भित्र हुने कामलाई तिन दिन भइरहेको छ, कोही झन् हप्ता दिनदेखि नै यहाँ धाउनु परिरहेको छ । अहिलेसम्म पासपोर्टको पाएको छैन, दैनिक लाइनमा लाग्नु परेको छ । हाम्रो सरकारको खै के हो रु नीति नै यस्तै हो कि अब कर्मचारीहरूले नै हाम्रो काम ढिलो गरिदिएको हो कि ? जे होस् छिटो हुनुपर्यो । हाम्रो इपिएसको फर्म २० गतेसम्म मात्र छ । यदि २० गते भित्रमा हाम्रो पासपोर्ट हातमा आएन भने त हामीलाई धेरै समस्या पर्छ नि । हाम्रो फर्म छुट्यो भने झन् यो वर्ष त्यत्तिकै वेस्ट भइहाल्छ ।’

राहदानी विभागले पनि नयाँ प्रणालीको स्थिरीकरण र इपिएस आवेदनका कारण एक्कासी बढेको सेवाग्राहीको चापले राहदानी वितरणमा केही समस्या भएको स्वीकार गरेको छ । विभागका निर्देशक दीपक बञ्जाडेकाअनुसार पासपोर्ट अभाव नभए पनि प्रणालीमा प्राविधिक त्रुटि देखिँदा केही सेवाग्राहीले समयमै राहदानी पाउन सकेका छैनन् । उनले ‘अर्जेन्ट’ राहदानी सेवा दुई कार्य दिन (४८ कार्य घण्टा) भित्र उपलब्ध गराउने व्यवस्था गरेको बताए । उनले इपिएस आवेदनका कारण दैनिक हजारौं अतिरिक्त आवेदन परेकाले निर्धारित समयमै सेवा दिन केही चुनौती भएको बताए ।

प्राविधिक त्रुटि देखिएका फाइलमा भने थप एक कार्य दिन लाग्न सक्ने उनले जानकारी दिए। निर्देशक बञ्जाडेले अधिकांश सेवाग्राहीलाई राहदानी तयार भएको वा आवश्यक कागजात अपलोड गर्नुपर्ने जानकारी एसएमएसमार्फत पठाइने गरेको जानकारी दिए। उनकाअनुसार केही दिनअघि एसएमएस सेवा प्रदायक कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम सकिँदा केही सेवाग्राहीलाई सन्देश पुग्न सकेको थिएन ।

तर हाल उक्त समस्या समाधान भइसकेको उनले बताए । बञ्जाडेकाअनुसार केही सेवाग्राहीको राष्ट्रिय परिचयपत्र ९एनआईडी० प्रणालीसँगको समन्वयमा समस्या देखिँदा पनि राहदानी प्रक्रिया रोकिएको थियो । त्यसका लागि अहिले विभागमै एनआईडीका कर्मचारी खटाएर समस्या समाधान गर्ने व्यवस्था मिलाएको उनको भनाई छ । निर्देशक बञ्जाडेले अत्यावश्यक पर्नेले मात्रै आवेदन दिन पनि सेवाग्राहीलाई आग्रह गरे ।

उनले राहदानी अभाव रहेको हल्लाले पनि सेवाग्राहीको चाप बढेको उल्लेख गर्दै राहदानी अभाव नभएको बताए । विभागले अर्को सातादेखि एक महिनासम्मका लागि राहदानी आवेदन फारम खुला गरिने तयारी गरेको पनि उनले जानकारी दिए । तत्काल आवश्यकता नभएका सेवाग्राहीलाई केही समयपछि आवेदन दिन आग्रह गरे ।

उनले भने, ‘पासपोर्ट कुनै कारणले कसैको रिजेक्ट भयो, रिजेक्ट भनेको अर्थ कुनै डकुमेन्ट नपुगेर अपलोड गर्नुपर्ने भएमा सेवाग्राहीलाई मेसेज जान्छ । अनि अर्को पासपोर्ट बनिसकेपछि तपाईँको पासपोर्ट तयार भयो, भन्ने खालको मेसेज जान्छ । तर बीचमा मेसेज गएको रहेनछ, हामीले मेसेज पठाउनलाई सम्झौता गरेका हुन्छौँ, सम्झौता अनुसार पैसा तिर्नुपर्ने पैसा सकिएको बेला एक दिन म्यासेज नगएको रहेछ, त्यसले पनि केही सेवाग्राहीलाई अलि असर गरेको रहेछ । हामीले त्यसको समाधान गरिसकेका छौँ । अब खासगरी अर्जेन्ट राहदानी बनोन टु वोर्किङ्ग डेज हो । तर मान्छेको बुझाइमा आजको अर्जेन्ट अहिले नै अथवा आजको बढीमा भोलि भन्ने रहेछ, हाम्रो एकदम नर्मल चल्दा खेरी थोरै मान्छे फर्म भर्दा खेरी त्यो पनि सम्भव छ, बिहान पेस गरेर बेलुका दिन त्यो पनि सम्भव छ तर अहिले इपिएसको कारणले तीन–चार हजारले फर्म भरेका छन् । त्यो भएर अहिले ठ्याक्कै आजको भोलि अथवा आजको आज गर्न सम्भव छैन, टु वोर्किङ्ग डेज पनि हामीलाई एकदम टाइटको अवस्था हो । केही इरर आउँदाखेरि अझै वान वोर्किङ्ग डे एक्स्ट्रा लाग्न सक्छ । प्रायजसो मान्छेले अहिले पासपोर्ट क्राइसिस छ कि भनेर दुई–तीन महिना पछि एप्लाई गर्न चाहने पनि अहिल्यै आइरहेका छन् । अब अर्को हप्ता देखि हामीले फुल फ्लेज पहिला जस्तै एकदम लङ टर्मको लागि फर्महरू खोल्दै छौँ, सबैतिर फर्म खुल्छ, अहिले चाहिँ राइट नेक्स्ट डे को अघिल्लो दिन फर्म खुल्थ्यो । तर नेक्स्ट विक देखि चाहिँ लगभग एक महिनाको हामीले फर्म खोल्ने प्लान गरिराखेका छौँ, भनेको अर्थ हामीसँग त्यस्तो कुनै क्राइसिस छैन । अब यो इपिएस हप्ता सकिएपछि अवस्था सामान्य हुन्छ, यो हप्ता चाहिँ खास इपिएस कारणले जो इमर्जेन्सी छ, एकदम अप्ठ्यारो छ उहाँले एप्लाई गर्नु नत्र भने अलि एक हप्ता पछि नै प्लान गर्दा बेटर होला ।’

विभागले हाल दैनिक एक हजार ५ सय राहदानीको छपाई गरी वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । इपिएस आवेदनलाई लक्षित गरेर विभागले साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा राहदानीको आवेदन तथा वितरण गर्ने व्यवस्था मिलाएको छ । विभागका अनुसार पहिला सिफ्ट बिहान ७ देखि दिउसो २ बजेसम्म र दोस्रो दिउँसो २ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ । शनिवार र आइतबार सार्वजनिक बिदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सेवा प्रवाह गरिरहेको विभागले जनाएको छ ।

0 Comments