१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछ’ : मनिष झा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू हिन्दुवादी अभियन्ता हुन पाउने बताएका छन् ।

आईतवार जनकपुरमा पत्रकारहरूसँग कुराकानीका क्रममा उनले हिन्दु सम्राट सेनामा रास्वपाको कार्यकर्ता पनि भएको स्वीकार गर्दै यस्तो बताएका हुन् । 

हिन्दु सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेका थिए । उक्त विषय सार्वजनिक भएपछि रास्वपाको आलोचना भएको थियो । सांसद झाले यस विषयलाई लिएर अतिरञ्जित गर्न आवश्यक नरहेको बताए । 

पार्टीको सदस्य र धार्मिक आस्थाका आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको उनको भनाई छ । उनले वार्तामा सहभागी भएकै आधारमा विवाद सिर्जना गर्नु अनुचित भएको टिप्पणी गरे । उनले रास्वपाका पार्टी सदस्य भएको कारणले नै आन्दोलनलाई हिंसात्मक बाटोमा नभई वार्तामार्फत समाधान खोज्न सफल भएको दाबी गरे । हिन्दु सम्राट सेनाका सम्भावित र उचित मागमाथि थप छलफल गरेर सरकार अगाडी बढ्ने उनको भनाई छ । उहाँकाअनुसार हिन्दु सम्राट सेनाका प्रतिनिधिसँग सरकारले साँढे नौ घण्टा वार्ता गरेको थियो । आन्दोलनकारीका मागहरू संवैधानिक, व्यावहारिक र सामाजिक दृष्टिले सम्भव हुने गरी परिमार्जन गर्न लामो समय छलफल गरिएको उनको दाबी छ । 

वार्तामा गृह मन्त्रालय, मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए । आन्दोलनकारीले राखेका मागमध्ये कार्यान्वयनयोग्य र उचित विषयलाई मात्र अघि बढाउन सहमति जुटाउने प्रयास गरिएको सांसद झाले बताए ।

सांसद झाका अनुसार पहिलो चरणको वार्तामा सहभागी हुन नसकेका केही पक्षले असन्तुष्टि जनाएपछि दोस्रो चरणमा थप दुई घण्टा छलफल गरिएको थियो । त्यसक्रममा उनीहरूले थप ६ वटा माग प्रस्तुत गरेका थिए भने केही पुराना माग संशोधनको प्रस्ताव राखेका थिए । 

सुरक्षा निकायका अधिकारी र गृहमन्त्री सुधन गुरुङले आवश्यक आश्वासन दिएपछि उनीहरू सन्तुष्ट भएको सांसद झाको दाबी छ । उनले केही राजनीतिक दलले वार्ता सफल नहोस् भन्ने प्रयास गरेको पनि आरोप लगाए । तर उनीहरूको प्रयास असफल भएको उनको दाबी छ । उनले समाजमा अस्थिरता फैलाउने गतिविधिबाट टाढा रहन पनि सबैसँग आग्रह गरे । आगो बल्ने वातावरण सिर्जना गर्न खोज्नेहरू स्वयं पनि त्यसको असरबाट अछुतो नरहने उनको चेतावनी छ ।

0 Comments