१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री पौडेलको जोड

अ+ अ-

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकारले सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन् । 

पोखराको पर्यटन प्रवर्द्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा पोखरा महानगरपालिकाद्वारा आज यहाँ आयोजित छलफलमा उनले पोखरासँग जोडिएका प्रमुख सडक सञ्जालको सुधार गर्दै पर्यटकको सहज आवागमन सुनिश्चित गरिने बताए । 

पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालसँग जोड्न मन्त्रालयले विशेष पहल गरिरहेको मन्त्री पौडेलले बताए । पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगका लागि नियमित अन्तरदेशीय उडान हुनुपर्ने उनको भनाइ छ । 

मन्त्री पौडेलले पोखरा तालतलैया र नदीनालाको सहर भएकाले जल सम्पदामा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले पोखरामा स्वामीनारायण र ऋषि वात्सायनको मन्दिर निर्माणका लागि सरकारले बजेट सुनिश्चित गरिसकेको बताए । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विकास साझेदारहरूसँगको सहकार्यमा केही महत्त्वपूर्ण पर्यटन पूर्वाधार निर्माण सम्पन्न भइसकेका जनाउँदै दीर्घकालीन महत्वका अन्य पूर्वाधारहरू निर्माणको क्रममा रहेका बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन विभिन्न गतिविधि सञ्चालन गरिएको उनको भनाइ छ ।

“प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको विकासमार्फत पोखरालाई अन्तरराष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित महानगर निरन्तर क्रियाशील रहेको छ”, प्रमुख आचार्यले भने । कार्यक्रममा पर्यटन क्षेत्रको दिगो विकास, पूर्वाधार विस्तार, हवाई पहुँच अभिवृद्धि तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।  

छलफलमा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलगायतको सहभागिता थियो ।

0 Comments