काठमाडौँ । विराटनगरको व्यापारिक घराना देवनरा समूहको घर तथा कार्यालयमा नेपाल प्रहरीले छापा मारेको छ।
अवैध कारोबार तथा कर छलीको आशंकामा प्रहरीले सोमबार बिहान करिब ४ बजेदेखि देवनरा समूहका नेतृत्वकर्ता प्रकाश मुन्दडाको घर र कार्यालय घेराउ गरी छापा मारेको हो।






