१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा अनियमित रूपमा राजस्व छुट दिएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६-७७ मा गढवा गाउँपालिका-१ अन्तर्गत राप्ती नदी क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लागि भएको ठेक्काको कार्यान्वयन क्रममा आवश्यक स्थलगत निरीक्षण, नापजाँच तथा प्राविधिक प्रतिवेदनबिनै ठेकेदार कम्पनीलाई दोस्रो किस्ताको बैंक जमानतबापत १ करोड ४१ लाख ५० हजार रुपैयाँ राजस्व मिनाहा गरिएको थियो।

अनुसन्धानबाट तत्कालीन प्रमुख प्रशासकीय अधिकृत योगी र तत्कालीन राजस्व शाखा प्रमुख चौधरीले अन्य प्रतिवादीसँगको मिलेमतोमा प्रचलित कानुन तथा ठेक्का सम्झौता विपरीत निर्णय गराई स्थानीय तह र लुम्बिनी प्रदेश सरकारको राजस्वमा हानि पुर्‍याएको पुष्टि भएको आयोगको दाबी छ।

आयोगले दुवै राष्ट्रसेवकविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत जनही १ करोड ४१ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कैद, चुहावट भएको राजस्व रकम बराबरको दोब्बर जरिवाना तथा कानुनबमोजिम थप सजायको माग गरेको छ।

यसै मुद्दामा गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर तथा ठेकेदार कम्पनी सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशक शहदेव खड्का र प्रतिनिधि विकास पुनलाई पनि प्रतिवादी बनाएर विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।

0 Comments