१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करार कर्मचारीद्वारा भिमदत्त बहुप्राविधिक शिक्षालयमा तालाबन्दी

अ+ अ-

काठमाडौँ । करार कर्मचारीहरूले सामाजिक सुरक्षा र सेवाको सुनिश्चितताको माग गर्दै बैतडीको पाटनस्थित भिमदत्त बहुप्राविधिक शिक्षालयमा तालाबन्दी गरेका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत शिक्षालयको प्रशासन तथा लेखा शाखामा तालाबन्दी गरिएको हो।

शिक्षालयका सूचना अधिकारी महेशराज भट्टका अनुसार मंगलबार दिउँसो करिब २ बजे प्रशासन र लेखा फाँटमा तालाबन्दी गरिएको थियो। उनका अनुसार नियमित कक्षाहरू भने सञ्चालन भइरहेका छन्।

आन्दोलनरत कर्मचारीको संघर्ष समितिका संयोजकसमेत रहेका भट्टका अनुसार करार कर्मचारीहरूको सामाजिक सुरक्षा, सेवा निरन्तरता तथा अन्य सेवा सुविधा सुनिश्चित गर्न माग गर्दै देशभर आन्दोलनका कार्यक्रम अघि बढाइएको छ।

भिमदत्त बहुप्राविधिक शिक्षालयमा हाल २० जनाभन्दा बढी करार कर्मचारी कार्यरत रहेको जनाइएको छ। कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने बताएका छन्।

0 Comments