काठमाडौँ । रोल्पामा खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु भएको छ ।
सुनछहरी गाउँपालिका १ फुलिबन नजिकै रहेको बाच्छे खोलाले एक वृद्धलाई खोला तर्ने क्रममा बगाएको हो । प्रहरीका अनुसार सामाजिक सुरक्षा (वृद्ध) भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङ्बाट फर्कँदै गरेका सुनछहरी गाउँपालिका-१ घुसबाङका ७३ वर्षका मसान घर्ती मगरको मृत्यु भएको छ ।
त्यस्तै अर्का जोखै घर्ती मगर घाइते भएको र घाइते घर्तीलाई स्थानीय र प्रहरीले उद्धार गरी पचारका लागि सुलिचौर पठाइएको छ ।






