२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सवमा रक्तदान र वृक्षारोपण

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी श्रीमती संघ, मधेस प्रदेशले आफ्नो ४२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपण तथा फलफूल वितरण कार्यक्रम आयोजना गरेको छ । 

संघले बिहीबार नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । यस्तै वातावरण संरक्षणका लागि वृक्षारोपण तथा बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै फलफूल समेत वितरण गरिएको छ । कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओमप्रसाद अधिकारीले प्रहरी जवानहरू २४ सै घण्टा फिल्डमा खटिने भएकाले उनीहरूको मनोबल बढाउन नेपाल प्रहरी श्रीमती संघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

 उनले संघले विभिन्न सामाजिक सेवामूलक तथा मानवीय कार्य पनि सञ्चालन गर्दै आएको उल्लेख गरे ।

उनले भने, हामी आशा गरौँ, आज हामीले संकलन गरेको रगतले भोली रगत नपाएर बसेकालाई जीवनदान दिन सहयोग होस्, आज हामीले रोपेको बिरुवाले भोली राम्रो छहारी या फलफूल दिन सक्छ ।’

नेपाल प्रहरी श्रीमती संघ, मधेस प्रदेशकी अध्यक्ष मनिषा उप्रेतीले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन संघले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिइन्। सोही अनुरूप वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपण तथा फलफूल वितरण कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

संघले आगामी दिनमा पनि समुदायसँगको सहकार्य र सम्बन्धलाई थप प्रभावकारी बनाउन काम गर्ने जनाएको छ ।

0 Comments