२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्यासको कृत्रिम अभाव र कालोबजारीबारे उद्योग मन्त्रालयद्वारा सूचना माग

अ+ अ-

काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति असहज बन्दै गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा वितरणसम्बन्धी अनियमितताबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

उद्योग मन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास वितरणमा समस्या देखिए वा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि अन्याय गरिएको पाइए मन्त्रालयलाई सिधै जानकारी गराउन अनुरोध गरेको हो।

सूचनाअनुसार उपभोक्ताले ग्यासको कृत्रिम अभाव, कालोबजारी, आपूर्तिमा अवरोध वा वितरणसम्बन्धी कुनै पनि अनियमितताबारे ९८५१११६७७३ नम्बरमा सम्पर्क गरी गुनासो तथा सूचना दिन सक्नेछन्।

मन्त्रालयले प्राप्त हुने उजुरी र सूचनालाई गम्भीरतापूर्वक अध्ययन गरी सम्बन्धित निकायसँग आवश्यक समन्वयमार्फत समस्या समाधानका लागि तत्काल पहल गरिने जनाएको छ।

पछिल्ला करिब २० दिनयता एलपी ग्यासको आपूर्ति प्रभावित हुँदा देशका विभिन्न स्थानमा उपभोक्ताले ग्यास प्राप्त गर्न लामो समय लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। कतिपय स्थानमा रित्तो सिलिन्डर बोकेर फर्किनुपर्ने बाध्यता समेत देखिएको छ।

यही अवस्थाको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी बढी मूल्य असुल्ने तथा कालोबजारी गर्ने गरेको गुनासो बढेपछि मन्त्रालयले उपभोक्तासँग प्रत्यक्ष सूचना संकलन गर्ने व्यवस्था गरेको जनाएको छ।

मन्त्रालयले बजारमा देखिएका समस्या समाधान, आपूर्ति प्रणालीलाई सहज बनाउने तथा उपभोक्ताको हित संरक्षणका लागि प्राप्त सूचनाका आधारमा आवश्यक अनुगमन र कारबाही प्रक्रिया अगाडि बढाइने पनि स्पष्ट पारेको छ।

0 Comments