२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन सचिवलाई शेखर कोइरालाको पत्र, कोइराला निवासका लागि विनियोजित २ करोड बजेट फिर्ता गर्न आग्रह

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट फिर्ता गर्न आग्रह गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र पठाउँदै डा. कोइरालाले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कोइराला निवासको मर्मत तथा संरक्षणका लागि छुटाइएको रकम आफूले नैतिक रूपमा स्वीकार गर्न नसक्ने बताएका हुन्।

विराटनगर महानगरपालिका-७, कोशी अस्पताल चोकस्थित कोइराला निवास गत वर्ष भदौ २४ गतेको जेन जेड आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको उल्लेख गर्दै उनले त्यसबाट निवासको ऐतिहासिक भौतिक स्वरूप नष्ट भएको बताएका छन्।

पत्रमा डा. कोइरालाले आफ्ना पिता कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेको उक्त घरबाट शैक्षिक जागरणमार्फत सामाजिक रूपान्तरणको अभियान अघि बढेको उल्लेख गरेका छन्। त्यस अभियानलाई बीपी कोइरालाको नेतृत्वमा परिवारको साथ, समर्पण र सहयोगले व्यापक राजनीतिक, बौद्धिक तथा सामूहिक चेतनाको आन्दोलनमा रूपान्तरण गरेको उनको भनाइ छ।

कोइराला निवास कुनै परिवारको निजी सम्पत्तिको सीमाभित्र मात्र नरहेको उल्लेख गर्दै उनले यसलाई नेपाली जनताको राजनीतिक तथा सामाजिक चेतनासँग जोडिएको ऐतिहासिक धरोहरका रूपमा व्याख्या गरेका छन्।

डा. कोइरालाले राज्यका सीमित स्रोतसाधन नागरिकको अभाव, वञ्चना र कष्ट न्यूनीकरणमा उपयोग गर्नुपर्ने धारणा राखेका छन्। बीपी कोइरालाले जीवनभर आम नागरिकको गाँस, बास र कपासको सुनिश्चितताका लागि संघर्ष गरेको उल्लेख गर्दै उनले राज्यले पनि त्यही दिशामा आफ्ना स्रोत केन्द्रित गर्नु नै बिपीप्रतिको वास्तविक श्रद्धाञ्जली हुने बताएका छन्।

कोइराला निवासको भौतिक संरचना पुनर्निर्माणमा सरकारी बजेट खर्च गर्नुभन्दा नागरिकको जीवनस्तर सुधार र आधारभूत आवश्यकतामा राज्यको लगानी बढाउनुपर्ने उनको आग्रह छ।

यसअघि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आर्थिक वर्ष २०८३/८४ को बजेटमा कोइराला निवासको मर्मत तथा संरक्षणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो।

0 Comments