जनकपुरधाम । नेपाली काँग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थितिमा काँग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
काँग्रेस धनुषाद्वारा आज जनकपुरधाममा आयोजित अन्तरक्रियामा उनले लोकतान्त्रिक मूल्यमान्यता र संविधान रक्षा तथा जनताको अधिकारको पक्षमा पार्टीका नेतृत्व जिम्मेवार र परिपक्व भूमिकामा उभिनुपर्ने बताए ।
पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै नेता निधिले पार्टीका नेता कार्यकर्ताबीचको एकता र सङ्गठनको सक्रियतामा निर्भर रहने भएकाले सबै मिलेर सङ्गठनलाई प्रभावकारी बनाउनुपर्ने बताए।पार्टीभित्रको एकता, सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई केन्द्र विन्दुमा राखेर अघि बढ्नुपर्ने बताउँदै उनले जनताको समस्या र अपेक्षालाई नजिकबाट बुझेर त्यसअनुरूप राजनीतिक गतिविधि अघि बढाउनुपर्ने सुझाव दिए ।
कार्यकर्ताहरूले पार्टीभित्रको किचलो चाँडो समाधान गरेर एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।






