२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्नेमा कार्यवाहक प्रमुख डंगोलको जोड 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आदिवासी जनजातिको मौलिक ज्ञान, सीप र पहिचानलाई आधुनिक विकासको मोडलका रूपमा अगाडि बढाउनुपर्ने बताएकी छन् । 

३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आईतवार काठमाडौँमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएकी हुन् । 

कार्यवाहक प्रमुख डंगोलले आदिवासी दिवसले समाजमा न्याय, समता र समावेशिता सुनिश्चित गर्दै अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिन्। उनले आदिवासी जनजाति र उनीहरूको ज्ञानलाई केवल इतिहास वा सङ्ग्रहालयको विषय मात्र नबनाई समुदाय विकासको जीवित आधार बनाउनुपर्ने बताइन् । 

पहिचान र भाषाको सम्बन्धबारे चर्चा गर्दै उनले नेपालका ९० प्रतिशतभन्दा बढी भाषाहरू आदिवासी जनजाति समुदायकै रहेको उल्लेख गरिन्। ‘भाषा बाँचे मात्र जाति र पहिचान बाँच्छ’ भन्ने मान्यतालाई स्मरण गर्दै उनले नयाँ पुस्तामा मातृभाषा हस्तान्तरण गर्नुपर्ने चुनौती र दायित्वबारे सचेत गराइन् । 

उनले भनिने, ‘आदिवासी जनजातिको परम्परागत ज्ञान सहर निर्माण, सिँचाइ, संस्कृति संरक्षण र जलवायु परिवर्तन जस्ता क्षेत्रमा अत्यन्तै उपयोगी छ । हाम्रा पुर्खाहरूले हामीलाई जमिन मात्र होइन, एउटा वैज्ञानिक जीवन पद्धति पनि सिकाएका छन् । हाम्रा चाडपर्व, खानपान र संस्कारहरू वैज्ञानिक तथ्यमा आधारित छन्, जसको उजागर र संरक्षण गर्नु अहिलेको आवश्यकता हो । आफ्नो लवज (टोन) र पहिचानमा हीनताबोध होइन, गर्व गर्नुपर्छ । हामीले आफ्ना छोराछोरी र नातिनातिनासँग घरमा मातृभाषा बोल्ने र संस्कार सिकाउने अभ्यासलाई तीव्रता दिनुपर्छ ।’

आधुनिकताका नाममा मातृभाषा बोल्न हिचकिचाउने प्रवृत्तिको आलोचना गरिन्। कार्यवाहक प्रमुख डंगोलले अधिकारका कुरा गरिरहँदा आफ्नो संस्कृति र भाषाको पुस्तान्तरण गर्ने कर्तव्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। 

0 Comments