२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको अवधिमा रु. एक करोड २० लाख सात हजार बक्यौता उठाएको छ । शाखाले आर्थिक वर्ष २०८२/८३ मा ७७१ ग्राहकबाट उक्त बक्यौता उठाएको हो ।  

प्राधिकरणको खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार सरकारी कार्यालयबाट मात्र रु चार लाखभन्दा बढी बक्यौता उठाएको छ । 

प्राधिकरणले सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा तथा विभिन्न उद्योगबाट बक्यौता उठाएको हो । विद्युत् बक्यौता नतिर्नेमा हाइड्रोपावर, क्रसर उद्योग र सरकारी कार्यालयले विभिन्न उद्योगसमेत रहेका छन् । 

विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले आव २०८१/८२ मा रु. ६६ लाख ७४ हजार  बक्यौता उठाएको थियो । 

जिल्लामा ३१ हजार  ५९० ग्राहक रहेको प्रमुख  चौधरीले बताउनुभयो । विद्युत् चोरी जरिवाना, पुन:लाइन जडान र नयाँ ग्राहकबाट उक्त रकम संकलन भएको हो । 

विद्युत् चोरी रोक्न कारबाहीसँगै सेवाग्राहीलाई विद्युत् चुहावट नगर्न सचेतना अभियान सञ्चालन गर्दै आइएको केन्द्रले जनाएको छ । जिल्लामा उत्पादित ४६ मेगावाट विद्युत्मध्ये छ मेगावाट मात्र खपत भएको उनले बताए । 

सङ्खुवासभामा ८० प्रतिशत भूभागमा विद्युत् विस्तार भइसकेको छ । विद्युत् सेवा भरपर्दो बनाउन तुम्लिङटार र बानेश्वरमा २२० केभीको सवस्टेशन गत वर्षदेखि नै सञ्चालन भइसकेको वितरण केन्द्रले जनाएको छ । 

जिल्लाको सिलिचोङ, मकालु, भोटखोला र सभापोखरी गाउँपालिकाका केही वडामा विद्युत् सेवा विस्तार हुन बाँकी छ । 

0 Comments