काठमाडौँ । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बाराका उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा काम गर्ने बोर्डको कार्यकारी नेतृत्वको जिम्मेवारी उप्रेतीलाई दिने निर्णय गरेको हो।






