काठमाडौँ । सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय स्थापना गर्न सहमति दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई नेपालमा काउन्सिलर कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो।
सरकारको यो निर्णयसँगै पोर्चुगलले काठमाडौँमा काउन्सिलर तहको कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउन सक्ने भएको छ।






