२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निशान छापको दुरुपयोग गर्ने एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२२ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-२ घर भएका २९ वर्षीय दीपेन्द्र कर्माचार्य रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनका अनुसार निजलाई काठमाडौँ महानगरपालिका-२२ टेवहालबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा निजले नेपाल सरकारको स्वीकृति नलिई आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्यानमा पारी नेपाल सरकारबाट मान्यता प्राप्त जिपिएस ट्रर्याकर डिभाइस रहेको भनी झुठ्ठा प्रचारप्रसार गरी व्यावसायिक प्रयोजनको लागि चीनबाट आयात हुने जिपिएस ट्रर्याकर डिभाइसमा नेपाल सरकारको निशान छाप राख्न लगाइ, निशान छापको दुरुपयोग गरी जिपिएस ट्रर्याकर बिक्री वितरण गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

प्रहरीले निजको साथबाट नेपाल सरकारको निशान छाप अंकीत ५२ थान जिपिएस ट्रर्याकर डिभाइस बरामद गरेको छ । निजलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए ।

0 Comments