२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ’: अर्थमन्त्री डा. वाग्ले

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् । 

मंगलबार साँझ रामशाहपथमा रहेको राष्ट्रिय अभिलेखालयको अवलोकन गदै उनले यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्ताबेजको जगेर्ना गर्नु अपरिहार्य रहेको बताए

राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्ताबेजहरू नेपालको अमूल्य सम्पत्ति रहेको र तिनलाई भविष्यका लागि सुरक्षित सङ्ग्रह गर्नु अनिवार्य भएको उनको भनाइ छ। “यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्ताबेजको जगेर्ना गर्नु अपरिहार्य छ। नेपालका ऐतिहासिक दस्ताबेजहरूलाई सुरक्षित राख्न गर्नुभएको प्रयासका लागि यहाँहरूलाई धन्यवाद,” अर्थमन्त्री वाग्लेले अभिलेखालयका कर्मचारीहरूलाई भने, “अध्येता, विद्यार्थी र इतिहासमा चासो रहेकाहरूका लागि यो ज्ञान केन्द्र बन्नुपर्छ। यसको संरक्षणमा सबैले काम गरौँ।”

अवलोकनका क्रममा उनले ऐतिहासिक शासन व्यवस्थाका आर्थिक र राजनीतिक गतिविधिका सङ्ग्रहहरूबारे संक्षिप्त जानकारी लिएका थिए ।सो क्रममा अर्थमन्त्री वाग्लेले अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा कार्यक्रम प्रभावकारी भए–नभएको सन्दर्भमा पनि कर्मचारीहरूसँग चासो राखेका थिए ।

अर्थमन्त्री डा. वाग्लेलाई अभिलेखालयको अवलोकन गराउँदै पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले स्रोत र साधनको अभावमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र राजनीतिक दस्ताबेजहरू संरक्षण गर्नु चुनौतीपूर्ण बनेको बताए ।

अभिलेखालयले सुरक्षित र सुविधा सम्पन्न भौतिक पूर्वाधार नपाउँदा अभिलेखहरूको सुरक्षा गर्न कठिन बनेको उनको भनाइ छ। अभिलेखालयले स्रोतको अभावमा यसको महत्त्वबारे अध्येता, विद्यार्थी र सरकारसमेतलाई यथेष्ट रूपमा बुझाउन नसकेको उनले बताए ।

महानिर्देशक प्रधानांगले नयाँ स्थानमा जग्गासहितको भवन निर्माण, अभिलेख सुरक्षित गर्न नयाँ प्रविधिको प्रयोग र कर्मचारीको क्षमता वृद्धिमा बजेटमार्फत लगानी गरिदिन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । 

0 Comments