२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किशोर श्रेष्ठ पक्राउ र जनआस्था कार्यालयमा खानतलासीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको तथा सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ।

काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा श्रेष्ठलाई २०८३ साउन २७ गते राति पक्राउ गरिएको र त्यसपछि उनको निजी निवासमा खानतलासी भएको उल्लेख छ। त्यसैगरी भोलिपल्ट बिहान सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको विषयमा समेत काउन्सिलको ध्यानाकर्षण भएको जनाइएको छ।

प्रेस काउन्सिलले पत्रकारिता क्षेत्रमा आचारसंहिता उल्लंघन भएमा त्यसविरुद्ध उजुरी गर्न सकिने विद्यमान कानुनी व्यवस्थासमेत स्मरण गराएको छ। प्रेस काउन्सिल ऐन, २०४८ तथा पत्रकार आचारसंहिताअनुसार काउन्सिलले पत्रकार र सञ्चारमाध्यमविरुद्ध परेका उजुरीमाथि अध्ययन तथा आवश्यक कारबाही गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

आचारसंहिता उल्लंघनका विषयमा काउन्सिलले खण्डन वा भुल सुधार प्रकाशन गर्न निर्देशन दिने, सचेत गराउने, मेलमिलाप गराउने तथा आवश्यक अवस्थामा सञ्चारमाध्यम वा पत्रकारमाथि विभिन्न प्रकारका कारबाही तथा सिफारिस गर्ने अधिकार र अभ्यास रहेको जनाएको छ। गम्भीर प्रकृतिका उल्लंघनमा सम्बन्धित संस्था वा निकायमा थप कारबाहीका लागि सिफारिस गर्ने व्यवस्थासमेत रहेको काउन्सिलले स्पष्ट पारेको छ।

काउन्सिलले प्रेस स्वतन्त्रता नागरिकको सूचनाको हकसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको संरक्षणसँगै पत्रकारिता पेसाको मर्यादा कायम राख्नु सबै पक्षको जिम्मेवारी भएको जनाएको छ। पत्रकार तथा सञ्चारकर्मीले प्रेस स्वतन्त्रताको प्रयोग गर्दा स्वच्छन्दता नहोस् भन्नेमा समेत सजग हुनुपर्ने काउन्सिलको धारणा छ।

सत्य, तथ्य, सन्तुलित र विश्वसनीय सामग्रीमार्फत पत्रकारितालाई व्यावसायिक, उत्तरदायी र मर्यादित बनाउनुपर्नेमा जोड दिँदै काउन्सिलले प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन पत्रकार तथा सञ्चारमाध्यम स्वयं पनि जिम्मेवार बन्नुपर्ने जनाएको छ।

कुनै समाचार वा सञ्चार सामग्रीप्रति चित्त नबुझेमा सम्बन्धित पक्षले कानुनी तथा संस्थागत प्रक्रियाअनुसार प्रेस काउन्सिल नेपालमा उजुरी दिन सक्ने व्यवस्था रहेको स्मरण गराउँदै काउन्सिलले सरोकारवाला सबैलाई त्यही प्रक्रियाको उपयोग गर्न आग्रह गरेको छ।

0 Comments