२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोकिएको सचिव बढुवा अघि बढ्यो, भट्टराईसहित तीन सहसचिव सिफारिस

लामो समयदेखि रोकिएको प्रशासन सेवातर्फको सचिव बढुवा प्रक्रिया अघि बढाउँदै समितिले कमल प्रसाद भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपाललाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको छ।

अ+ अ-

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ।

लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा बिहीबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले कमलप्रसाद भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपाललाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो।

पहिलो नम्बरमा सिफारिस भएका भट्टराई हाल बागमती प्रदेशको कायम मुकायम प्रदेश प्रमुख सचिवका रूपमा कार्यरत छन्। दोस्रो नम्बरमा रहेकी घिमिरे संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन्। र, तेस्रो नम्बरमा सिफारिस भएका नेपालको दरबन्दी अर्थ मन्त्रालयमा छ भने उनी हाल एसियाली विकास बैंक (एडीबी)को मनिला कार्यालयमा कार्यरत छन्।

भट्टराई र घिमिरे यसअघि पनि सिफारिसमा
भट्टराई र घिमिरे यसअघि पनि सचिव बढुवाका लागि सिफारिसमा परिसकेका छन्। गत मंसिरमा भएको सिफारिसमा दुवैको नाम परेको थियो। उक्त सिफारिसबाट सरकारले राजेन्द्र पौडेललाई सचिवमा बढुवा गरेको थियो।

भट्टराई गत फागुनमा भएको सचिव बढुवा सिफारिसमा समेत पहिलो नम्बरमा परेका थिए। तर सचिव पद रिक्त रहे पनि मन्त्रालय तथा उच्च तहका दरबन्दी घटाउने र संरचना गाभ्ने विषय अघि सारिएपछि बढुवा प्रक्रिया स्थगित भएको थियो।

बुधबार अघि बढेको थियो प्रक्रिया
लामो समयदेखि रोकिएको सचिव बढुवा प्रक्रिया बुधबारबाट पुनः अघि बढेको थियो। बुधबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सम्भावित उम्मेदवारहरूको विवरण माग गर्ने निर्णय गरेको थियो।

सचिव बढुवा सिफारिसका क्रममा सम्भावित उम्मेदवारहरूको सेवा विवरणसँगै विभागीय कारबाही भए/नभएकोलगायत आवश्यक विवरण परीक्षण गरिन्छ। ती विवरण प्राप्त भएपछि बिहीबार बसेको समितिको बैठकले तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको हो।

पछिल्लो समय मन्त्रालयको संख्या घटाउने, मन्त्रालयहरू गाभ्ने तथा सचिवसहित उच्च तहका दरबन्दी पुनरावलोकन गर्ने विषय अघि बढेसँगै सचिव बढुवा प्रक्रिया अनिश्चित बनेको थियो। पछिल्लो सिफारिससँगै रोकिएको प्रक्रिया पुनः निर्णयको चरणमा पुगेको छ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले समितिबाट सिफारिस भएका भट्टराई, घिमिरे र नेपालमध्ये एक जनालाई सचिव (विशिष्ट श्रेणी)मा बढुवा गर्नेछ।

0 Comments