३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वीपीलाई आफू अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ’ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पछिल्लो समय वीपी कोईरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन्। 

आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले वीपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन, विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति काँग्रेसभित्र देखिएको बताएका हुन् ।

पछिल्लो समय काँग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसंगमा वीपी कोइरालालाई सम्झने गरेको टिप्पणी गरे । काँग्रेस ईतरपक्षलाई लक्षित गर्दै उनले नेताहरूले आफ्ना राजनीतिक निर्णय आफैँ गर्न नसकेर बिपीको नामको सहारा खोजेको आरोप लगाए। 

आफूलाई जहाँ चाहिन्छ, त्यहाँ वीपी कोइरालालाई प्रयोग गर्ने प्रवृत्तिले बिपीको वास्तविक विचारलाई कमजोर बनाउने उनको भनाई छ । बिपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने उनले बताए। 

बिपीको आह्वानमा आफ्नो परिवार र व्यक्तिगत जीवन त्यागेर राजनीतिक आन्दोलनमा होमिएका पुरानो पुस्ताका अभियन्ताहरूले लेख्ने पुस्तक, दिने अभिव्यक्ति र सुनाउने अनुभवले बिपीको वास्तविक विचार र राजनीतिक यात्रालाई बुझ्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।  

उनले भने, पछिल्लो समयको हाम्रो परम्परा के रह्यो भने आफूलाई जहाँ निर चाहिन्छ, बिपी कोइरालालाई त्यहाँ निर प्रयोग गर्ने । म अहिले पनि हेरिरहेको छु, सुनिरहेको छु, ठाउँ ठाउँमा भएका छलफलहरूमा, वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले एकदम व्यापक आइरहेको छ । नेताहरूले फेरि रातारात वीपीलाई सम्झनुभएको छ । रातारात वीपीलाई सम्झिदा यस्तो ट्रान्ज्याक्सन यहाँ भित्रको अहिले के गर्नु परेको छ, कोसँग मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु परेको छ, फेरि हिम्मत छैन फेरि, आफैँ आएर भन्ने । म यसो गर्छु भन्ने हिम्मत छैन । त्यो हिम्मत नभएपछि के हुन्छ भने कसलाई सम्झने भन्दा बिपीलाई सम्झने । वीपी त आउनुहुन्न अब बुझाउन, त्यसैले यो बेलामा को आइदिनुपर्छ अगाडि ? धर्म गौतमहरू आइदिनुपर्छ । तिमीहरूले भनेको जस्तो वीपी होइन है, बिपी हामीले पनि बुझेका छौँ । धेरै प्राइभेटाइज गर्न दिनुहुन्न, वीपी कोइरालालाई कसैले, वीपीलाई वा गणेशमानलाई कसैले यो घर भित्र कैद गर्न दिनुहुन्न । आज वीपीलाई मिसकोड हुँदै गर्दा बिपीको अपव्याख्या हुँदै गर्दा बिपीको आह्वानमा आन्दोलनमा उत्रेकाहरू अगाडी आएर बुझाउनुपर्छ, हामीसँग त्यो आधिकारिकता हुँदैन, हामीलाई तिमीहरूले देख्या थियौँ, वीपी भन्दा छैन भन्नुपर्ने हुन्छ, कहिलेकाहीँ कुराकानी गर्न ३ जना बस्यो भने बिपीले यसो भन्नुभएको थियो भन्नुहुन्छ, अब कहीँ पढेको पनि छैन, सुनेको पनि छैन, भन्नुभएको छ भनेपछि हो की भन्नुपर्‍यो । त्यसैले साँच्चिकै नो बेलामा अभियान्ताहरु थिए, उहाँले बिपीको बारेमा भनिदिनुपर्छ ।’

बिपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको उल्लेख गर्दै उनले लोकतन्त्र र सामाजिक न्यायप्रतिको बिपीको मूल प्रतिबद्धता कहिल्यै परिवर्तन नभएको बताए । आर्थिक विकासका विषयमा पनि बिपीका विचारलाई एउटै प्रसंगमा सीमित गर्न नहुने उनको भनाइ छ । उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगबारे बिपीले फरक समयमा राखेका धारणालाई अहिलेको विकास बहस र कृत्रिम बुद्धिमत्ता (एआई) को सन्दर्भसँग समेत जोडेर अध्ययन गर्न सकिने उनले बताए।

0 Comments