१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा 

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट अलग हुने घोषणा गरेका छन्। प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक परिस्थिति आफ्नो पक्षमा नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने जानकारी गराएका हुन्।

नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि संवैधानिक प्रक्रियाअनुसार विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको थियो।

तर, प्रदेशसभामा आवश्यक बहुमत जुटाउने अवस्था नरहेपछि बानियाँले विश्वासको मतको प्रक्रियामा अघि नबढी राजीनामाको घोषणा गरेका हुन्। १०४ सदस्यीय प्रदेशसभामा सरकार गठन तथा कायम राख्न कम्तीमा ५३ सदस्यको समर्थन आवश्यक पर्छ।

मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली काँग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसद मात्र रहेको अवस्था थियो। आवश्यक बहुमतका लागि थप समर्थन जुट्न नसकेपछि उनले पद त्याग्ने निर्णय गरेका हुन्।

बानियाँ २० साउन २०८२ मा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेशसभामा आफ्नो कार्यकालबारे धारणा राख्दै उनले प्रदेशवासीको हितमा विभिन्न काम अघि बढाएको दाबी गरे।

उनले अझै गर्नुपर्ने कामहरू बाँकी रहेको भए पनि बदलिएको राजनीतिक समीकरणका कारण जिम्मेवारीबाट हट्नुपर्ने अवस्था आएको बताए। मुख्यमन्त्रीको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीचको समीकरण निर्णायक बन्ने भएको छ।

0 Comments