काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारका विजेतालाई आफ्नो समुदायमा ‘बिल लिने र बिल दिने’ संस्कृतिको प्रवर्द्धन गर्दै सचेत उपभोक्ता अभियानको दूत बन्न आग्रह गरेका छन्।
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन पुरस्कार’ अन्तर्गत साउनको दोस्रो पाक्षिकका विजेता घोषणा कार्यक्रममा अर्थमन्त्री वाग्लेले पुरस्कृत उपभोक्तालाई गाउँ, पालिका र निर्वाचन क्षेत्रमा अभियानबारे सचेतना फैलाउन आग्रह गरेका हुन्।
‘राज्यले तपाईँहरूलाई पुरस्कृत गरेर सचेत उपभोक्ता अभियानका लागि लगानी गरेको छ,’ उनले भने, ‘तपाईँहरू आफ्नो गाउँ, पालिका र निर्वाचन क्षेत्रमा यस अभियानको बिम्ब हुनुहुन्छ। आफ्नो क्षेत्रमा यस कार्यक्रमको विशेष दूतका रूपमा रहेर सचेतना फैलाउन म हार्दिक अनुरोध गर्दछु।’
अर्थमन्त्री वाग्लेले उपभोक्ताले बिल माग्ने र व्यवसायीले अनिवार्य रूपमा बिल दिने संस्कृति विकास गर्न करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको बताए।
उनका अनुसार कार्यक्रमको उद्देश्य राज्यको राजस्व वृद्धि गर्नुका साथै नागरिकलाई औपचारिक अर्थतन्त्रमा आबद्ध हुन प्रोत्साहित गर्नु हो। उपभोक्ताको व्यवहारमा परिवर्तन नआएसम्म बिल लिने-लाख रुपैयाँ प्राप्त गर्ने १६ जना र १० लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गर्ने एक जनासहित १७ विजेता घोषणा गरिएको छ।
एक लाख रुपैयाँका विजेताको नाम अर्थमन्त्री वाग्लेले सार्वजनिक गरेका थिए। बम्पर पुरस्कार विजेताको घोषणा साउनको पहिलो पाक्षिकका बम्पर विजेता हेमराज जोशी र उनकी पत्नी तुलसी पन्तले गरेका थिए।
कार्यक्रममा पहिलो पाक्षिकका अर्का विजेता हिमाल अर्यालसहित सुदूरपश्चिमदेखि गैँडाकोटसम्मका पुरस्कार विजेताको सहभागिता थियो। अर्थमन्त्री वाग्लेले सबै विजेतालाई बधाई दिँदै उपभोक्ता सचेतना र कर सहभागिता बढाउने कार्यक्रमलाई निरन्तरता दिइने बताए।






