काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुट वा समूह नरहेको दाबी गरेका छन्।
सोमवार च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘क्याण्डिडेट क्लब’ घोषणा गर्नेक्रममा उनले यस्तो दाबी गरेका हुन्।
उनले पार्टीको महाधिवेशन सम्पन्न भएसँगै पार्टी समायोजनको सम्पूर्ण काम सकिएको भन्दै गुटबन्दीमा नलाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए। उनले रास्वपाका एउटै पार्टी र एउटै नेतृत्व रहेको दाबी गर्दै फरक–फरक गुटको अस्तित्व रहन नसक्ने बताए । उनले कसैले आफूलाई कुनै गुट वा नेतासँग जोडेर परिचय दिए पनि त्यसलाई मनोरञ्जनबाहेक अन्य रूपमा लिन नसकिने उनको जिकिर छ ।
सभापति लामिछानेले स्थानीय तह निर्वाचनमा पार्टी संगठन निर्माणमा योगदान दिने उम्मेदवारलाई प्राथमिकता दिइने समेत स्पष्ट पारेका छन्।






