२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इण्डोनेसियामा शक्तिशाली भूकम्प: मृतकको संख्या ५४ पुग्यो

अ+ अ-

काठमाडौँ । इण्डोनेसियाको इस्ट नुसा टेन्गारा (एनटीटी) प्रान्तमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले सोमवार यसको पुष्टि गरेको हो ।

बीएनपीबीका प्रमुख सुहर्यान्तोकाअनुसार अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी राखेका छन् । उद्धार टोलीले भूकम्पमा परी घाइते भएका सयौँ मानिसहरूलाई उपचारका लागि सहायता प्रदान गरिरहेको छ । गत आईतवारसम्मको तथ्याङ्कअनुसार भूकम्पले घर तथा सार्वजनिक संरचनाहरूमा ठूलो क्षति पुर्‍याउँदा १२ हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् । त्यहाँको मौसम विज्ञान, जलवायु तथा भूभौतिक विज्ञान एजेन्सीले पराकम्पन आउने क्रम अझै जारी रहेको जनाएको छ । 

विपद्ग्रस्त क्षेत्रमा राहत सामग्री पुर्‍याउन र उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले जल, स्थल र हवाई यातायातका साधनहरू परिचालन गरेको छ । सिक्का जिल्लाको पालु टापु जस्ता दुर्गम क्षेत्रमा उद्धार र राहतका लागि ११ वटा विमान तथा हेलिकप्टरहरू प्रयोग गरिएका छन् । 

भूकम्पका कारण मांगाराई क्षेत्रीय अस्पतालमा क्षति पुगेपछि स्थानीय स्वास्थ्य सेवा प्रभावित भएको छ । बिरामीहरूको उपचारका लागि बोलो डुकल रङ्गशालामा अस्थायी अस्पताल (फिल्ड हस्पिटल) निर्माणको तयारी भइरहेको अधिकारीहरूले बताएका छन् । 

0 Comments