२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५औँ महाधिवेशनका लागि काँग्रेसले गठन गर्‍यो व्यवस्थापन समिति

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनका लागि आवश्यक संरचना तयार पार्दै व्यवस्थापनसम्बन्धी काम अघि बढाउने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार सभापति गगनकुमार थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। समितिमा आवश्यकताअनुसार अन्य सदस्य रहने व्यवस्था गरिएको छ।

महाधिवेशनको तयारीलाई कार्यगत रूपमा अघि बढाउन मूल समितिले विभिन्न विषयगत उपसमिति बनाउने निर्णयसमेत गरेको छ। आवास तथा भोजन व्यवस्थापन, मञ्च तयारी, अतिथि सत्कार र स्वास्थ्य सेवासहित महाधिवेशन सञ्चालनसँग सम्बन्धित अलग-अलग जिम्मेवारीका लागि उपसमिति गठन गरिने काँग्रेसले जनाएको छ।

उपसमितिहरूको कार्यक्षेत्र र जिम्मेवारीअनुसार संयोजक तथा सदस्य तोक्ने प्रक्रिया भने बाँकी रहेको छ। काँग्रेसका अनुसार ती उपसमितिमा रहने पदाधिकारी तथा सदस्यहरूको नामावली पछि सार्वजनिक गरिनेछ।

महाधिवेशनको मूल व्यवस्थापन समितिमार्फत आवश्यक पूर्वतयारी, समन्वय र व्यवस्थापकीय कामलाई एकीकृत रूपमा अघि बढाउने पार्टीको योजना रहेको छ।

0 Comments