काठमाडौँ । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाको प्रदेश सभा सदस्य पद रिक्त भएको छ।
प्रदेश सभा सचिवालयका अनुसार सभामुख भीमबहादुर भण्डारीले संविधानमा रहेको व्यवस्थाबमोजिम उनलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।
प्रदेश सभा सचिवालयका अनुसार देउवा पूर्वजानकारी नदिई लामो समयदेखि प्रदेशसभा बैठकमा अनुपस्थित रहँदै आएका थिए। उनी लगातार २७ वटा बैठकमा सहभागी नभएको सचिवालयले जनाएको छ।
देउवा पछिल्लो ११ महिनादेखि अमेरिकामा रहेको बताइएको छ। लामो समयसम्म प्रदेशसभा बैठकमा अनुपस्थित रहे पनि अनुपस्थितिको सम्बन्धमा आवश्यक जानकारी नदिएको आधारमा सभामुखले पदमुक्त गर्ने निर्णय गरेका हुन्।






