काठमाडौँ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजिएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै थापाले विपक्षीप्रति सरकारको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले सरकारको नेतृत्वले आफ्ना कमजोरीतर्फ पनि ध्यान दिनुपर्ने संकेत गर्दै ‘१८२ तले काँचको घरमा बसेर ढुंगा नहान’ भन्ने टिप्पणी गरेका छन्।
थापाले सरकार पुनर्गठन गरी रवि लामिछानेलाई नेतृत्वमा ल्याउनुपर्ने धारणा पनि राखेका छन्। सरकारको कार्यशैलीमा सुधार नआए ठूलो राजनीतिक परिवर्तनको अवस्था सिर्जना हुन सक्ने चेतावनी उनले दिएका छन्।
उनले वर्तमान सरकारको स्वेच्छाचारी प्रवृत्ति अध्यादेशमार्फत सुरु भएको दाबी गर्दै नेतृत्वमा अधिनायकवादी महत्वाकांक्षा देखिन थालेको आरोप लगाए।






