४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब नयाँ पोलिटिकल एड्भेन्चर नेपालले थेग्न नसक्ने गगन थापाको दाबी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित दोलखाका लोकनायकहरु पुस्तक विमोचन कार्यक्रममा उनले अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्षको लागी सरकार चलाउन जनताबाट म्याण्डेड लिएर आएकोले उसलाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्ने बताए । पाँच वर्षपछि काँग्रेसले सरकार चलाउने गरी आफूहरूले तयारी गरिरहेको पनि उनले जानकारी दिए । उनले विगतबाट पाठ सिकेर आफूलाई सच्याउँदै अघि लैजाने बताए । उनले नयाँ राजनीतिक शक्तिहरूलाई पनि पुराना दलहरूले गरेको गल्ती र भोगेको संकट नदोहोर्‍याउन सुझाव दिए ।

उनले संख्या नै ठूलो भन्ने भ्रमबाट मुक्त हुन पनि सरकारलाई आग्रह गरे । विगतमा काँग्रेस–एमालेले पनि जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफूहरूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठानेको परिणाम अहिले भोग्नुपरेको उनको भनाई छ । दुई तिहाइ बहुमत भए पनि निरन्तर जनसमर्थन र नैतिक नेतृत्व गुमेपछि राजनीतिक शक्ति कमजोर बन्ने उनले बताए । लोकतन्त्रमा नैतिक नेतृत्वको महत्वपूर्ण हुने उनको भनाई छ । सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने उनले बताए।

उनले भने, ‘हामी एकै पटक माथि मात्रै हेर्‍यौँ, हामीसँग पाएको शक्ति, प्रतिष्ठा मात्रै हेर्‍यौँ, त्यसले हामीलाई ठिक ठाउँमा पुर्‍याउन सक्दैन । हिजो हामीले सिकेको कुरा हो यो, हामी त्यो सिकाइबाट आफूलाई सच्याउन चाहन्छौँ, आफूलाई बदलेर लैजान चाहन्छौँ । नयाँ साथीहरूले पनि उहाँहरूले नभोगेको कुरा हामीले भोग्यौँ नि त बाबा । हामीले भोगेको कुरा किन तपाईँहरू भोग्नुहुन्छ फेरि ? तपाईँहरू त नभोग्नुस् । म त म त बारम्बार भनिरहेको छु, मज्जाले अहिलेको कम्तीमा कुनै नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुहोस् अब । नेपालले थेग्न सक्दैन। राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित जितेर आएको छ, ५ वर्ष उहाँहरूले नेतृत्व गर्नेछ । एकै चोटि अर्को ५ वर्षपछि चुनाव गर्ने, हामीले राम्रो उहाँहरूभन्दा राम्रो गर्ने गरेर तयारी गरिरहेका हुन्छौँ नि त हामी । नयाँ सोचका साथ आउँछौँ, नयाँ चिन्तनका साथ आउँछौँ, नयाँ साथीहरू जोड्छौँ । हामी जित्यौँ भने हामी आउने, नभए फेरि उहाँहरूले चलाउने । नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुस् । तर पोलिटिकल एड्भेन्चर नगर्नको लागि नागरिकहरूको निरन्तरको साथ हामी सबैलाई चाहिएको छ । तपाईँहरूलाई पनि चाहिएको छ, हामीलाई पनि चाहिएको छ ।’

सभापति थापाले संसद्को गरिमा र सांसदको जिम्मेवारीप्रति पनि प्रश्न उठाए । संसदमा पुगेपछि सांसदहरूले आफूले बोल्ने हरेक शब्द र गर्ने हरेक निर्णयप्रति गम्भीर हुनुपर्ने उनको भनाई छ । हाल सांसदहरूले जे मन लाग्यो त्यही बोल्ने गरेको उनको आरोप छ ।

उनले भने, ‘यसो संसद् तिर हेर्छु, त्यो प्रत्येक जितिसकेको सांसदलाई फुली लगाएजस्तो लागेको छ भनेदेखि भने, म त भोट पारा। मैले जे बोले पनि हुन्छ । मैले जे फुके पनि हुन्छ । यो संसद् हो यो ? संसद्को गरिमा हुन्न ? संसद्को मर्यादा हुन्न ?’

उनले संसदमा सबैभन्दा बढी सचेत रहनुपर्ने बताए । उनले संसद्, सरकार, अदालत तथा संवैधानिक निकायमा जिम्मेवारी पाएका सबैले आफ्नो अधिकारको प्रयोग कानुनी रूपमा मात्र नभई जनभावनाका दृष्टिले पनि वैध र औचित्यपूर्ण रूपमा गर्नुपर्ने बताए। कतिपय कुराहरू कानुन संवत् हुँदाहुँदै पनि जनभावना विपरीत हुने उल्लेख गर्दै उनले जनताको भावना विपरीत जाने छुट कसैलाई नरहेको बताए ।

0 Comments