४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालको परराष्ट्र नीति आर्थिक समृद्धिसँग जोडिनुपर्छ’ : परराष्ट्र मन्त्री खनाल

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको कूटनीतिक प्राथमिकता मुलुकभित्रको आर्थिक विकास र नागरिकका आर्थिक अपेक्षा पूरा गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताएका छन्।

फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालको आयोजनामा बिहीबार काठमाडौँमा भएको पुस्तक विमोचन तथा प्यानल छलफलमा बोल्दै मन्त्री खनालले परराष्ट्र सम्बन्धबाट नेपालले प्रत्यक्ष आर्थिक लाभ हासिल गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे।

उनले पछिल्लो निर्वाचनमार्फत नेपाली नागरिक, विशेषगरी युवाले सुशासन, रोजगारी र सम्मानजनक आर्थिक अवसरको अपेक्षासहित स्पष्ट सन्देश दिएको बताए। त्यसैले नेपालको बाह्य सम्बन्ध सञ्चालन गर्दा घरेलु आर्थिक प्राथमिकतालाई समेत केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो।

नेपालको भूराजनीतिक अवस्थालाई विगतमा दुई ठूला शक्तिबीचको सानो मुलुकका रूपमा व्याख्या गरिँदै आए पनि बदलिँदो विश्व अर्थतन्त्रमा नेपालले फरक रणनीतिक भूमिका निर्माण गर्न सक्ने मन्त्री खनालले बताए। उनका अनुसार तीव्र आर्थिक विस्तार गरिरहेका दुई ठूला छिमेकीबीच नेपाललाई विश्वसनीय र गतिशील आर्थिक सेतुका रूपमा विकास गर्ने सम्भावना छ।

विश्वव्यापी रूपमा नियममा आधारित बहुपक्षीय प्रणाली कमजोर हुँदै गएको र शक्ति प्रतिस्पर्धा तथा भूराजनीतिक विभाजन बढिरहेको उल्लेख गर्दै उनले यसको असर विकासशील, भूपरिवेष्टित र संवेदनशील मुलुकमा बढी पर्ने बताए।

भूराजनीतिक तनावलाई केवल अन्तर्राष्ट्रिय राजनीतिको विषयका रूपमा बुझ्न नहुनेमा पनि उनले जोड दिए। यस्ता द्वन्द्व र अस्थिरताले रोजगारी, आयआर्जन तथा नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ थियो।

विशेषगरी पश्चिम एसियामा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले उक्त क्षेत्रमा उत्पन्न हुने राजनीतिक तथा सुरक्षा संकटको असर नेपालसम्म आइपुग्ने मन्त्री खनालले बताए। त्यसैले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन गर्दै नेपालको आर्थिक हित र नागरिकको सुरक्षालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने उनको धारणा थियो।

0 Comments