५ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सीमावासीलाई दुःख दिँदैनौँ, तस्करविरुद्ध निर्मम हुन्छौँ’ : अर्थमन्त्री वाग्ले

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घरायसी प्रयोजनका सामान्य सामान ल्याउने सीमावर्ती क्षेत्रका नागरिकलाई दुःख नदिने तर संगठित तस्करीविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने बताएका छन्।

सीमा क्षेत्रमा लागू भन्सार व्यवस्था र त्यसबाट मधेशका नागरिकमा परेको प्रभावबारे धारणा राख्दै मन्त्री वाग्लेले सर्वसाधारण र तस्करीमा संलग्न व्यक्तिलाई छुट्याएर व्यवहार गर्न सुरक्षा निकायलाई भनिएको जानकारी दिए।

“सीमा रक्षक मधेशका दाजुभाइ तथा दिदीबहिनीलाई नाकामा कुनै पनि किसिमको दुःख हुन दिँदैनौँ,” उनले भने, “तर तस्करविरुद्ध भने हामी निर्मम छौँ।”

एक सयको सीमा बढाएर पाँच सय
अर्थमन्त्री वाग्लेका अनुसार विदेशबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु ल्याउँदा कर लाग्ने व्यवस्था लामो समयदेखि आर्थिक ऐनमा थियो। उक्त व्यवस्था वर्तमान सरकार गठन भएपछि वा प्रधानमन्त्री बालेन्द्र साहको कार्यकालमा सुरु नभएको उनले स्पष्ट पारे।

एक सय रुपैयाँको सीमाले चिनी, साबुन, मन्जन तथा कापी–कलमजस्ता सामान्य घरायसी सामानसमेत प्रभावित हुने अवस्था रहेकाले त्यसलाई बढाएर पाँच सय रुपैयाँ पुर्‍याइएको उनले बताए।

कर नलाग्ने सीमा एक हजार, दुई हजार वा दुई हजार पाँच सय रुपैयाँसम्म पुर्‍याउने विषयमा समेत छलफल भएको मन्त्री वाग्लेको भनाइ छ। तर सीमापार किनमेलमा गरिएको केही कडाइपछि नेपाली बजारमा व्यापार बढेको भन्दै थप निर्णय गर्दा दुवै पक्षलाई ध्यान दिनुपर्ने उनले बताए।

‘नेपालतर्फका बजार फेरि चलायमान भए’
सीमापारबाट हुने वस्तु आयातमा कडाइ गरेपछि नेपालतर्फका बजार चलायमान बनेको अर्थमन्त्री वाग्लेको दाबी छ। व्यापार फर्किएको र बजार तंग्रिएको भन्दै स्थानीय व्यापारीले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए।

एकातर्फ घरायसी प्रयोगका लागि सीमापारि गएर सामान किन्ने सर्वसाधारण रहेको र अर्कातर्फ संगठित तस्करीको जालो सक्रिय रहेको उल्लेख गर्दै उनले सरकारको नीति दुवैलाई एउटै दृष्टिले हेर्ने नरहेको स्पष्ट पारे।

संगठित तस्करीबाट राजस्व चुहावटसँगै आपराधिक गतिविधि तथा गुण्डागर्दीसमेत बढ्ने भएकाले सुशासनका पक्षमा काम गर्ने सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।

सर्वसाधारण र तस्कर छुट्याएर व्यवहार गर्न निर्देशन
मन्त्री वाग्लेले घरायसी प्रयोजनका सानातिना सामान ल्याउने सर्वसाधारणलाई व्यवहारिक सहजता दिन सशस्त्र प्रहरीलाई निर्देशन दिइएको बताए। को सर्वसाधारण हो र को तस्करीमा संलग्न छ भन्ने विषय सुरक्षा निकायले पहिचान गर्न सक्ने उनको तर्क छ।

“आम मधेशी दाजुभाइ तथा दिदीबहिनीलाई दुःख नदिने र सानातिना कुरामा आँखा चिम्लिने विषयमा हामी उदार छौँ,” उनले भने, “तर तस्करविरुद्ध निर्मम नै हुनेछौँ।”

सीमा क्षेत्रको भन्सार तथा सुरक्षा व्यवस्थालाई थप जनमैत्री बनाउने विषयमा नागरिकबाट सुझाव आवश्यक रहेको मन्त्री वाग्लेले बताए। मधेशमा देखिएका समस्या सरकारलाई जानकारी गराउन आग्रह गर्दै उनले अर्थ मन्त्रालयले भन्सार प्रशासन र गृह मन्त्रालयले प्रहरी प्रशासन सुधारका लागि नागरिकका राय तथा सुझाव सुन्ने बताए।

0 Comments