६ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

अ+ अ-

तनहुँ । प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा ३४ हजार २९४ लाई सेवा प्रदान गरेको छ । चिकित्सालयले सो अवधिमा बहिरंग (ओपिडी) सेवा, ज्येष्ठ नागरिक सेवा, योग सेवा, पञ्चकर्म, स्तनपायी आमा तथा शिशु सेवा, क्षार सूत्र, प्रयोगशाला, फिजियोथेरापी, शिरोधारा र स्वर्णप्राशन सेवा प्रदान गरेको हो ।

 कार्यालयका सूचना अधिकारी सोमकान्त पौडेलले आर्थिक वर्ष २०८१/८२ मा २६ हजार ४०४ जनालाई आयुर्वेदिक सेवा प्रदान गरिएको जानकारी दिए । आव २०८०/८१ मा १६ हजार ५०२ जनालाई सेवा प्रदान गरिएको थियो ।

 सबैभन्दा बढी १० हजार ३४२ लाई बहिरंग, दुई हजार ६०४ लाई ज्येष्ठ नागरिक, पाँच हजार ९४१ लाई योग, नौ हजार ५०५ जना पूर्वकर्म र पञ्चकर्म, १७ जनालाई स्तनपान गराउने आमा तथा शिशु सेवा, १९ लाई क्षार सूत्र, ५०४ जनालाई प्रयोगशाला सेवालगायत फिजियोथेरापी, शिरोधारा तथा स्वर्णविन्दु प्राशन सेवा प्रदान गरिएको छ । 

 पौडेलका अनुसार चिकित्सालयले तनहुँसँगै गोरखा, लमजुङ, कास्की, स्याङ्जा र आसपासका जिल्लाबाट आउने सेवाग्राहीलाई आयुर्वेदिक उपचार, रोग प्रतिरोधात्मक सेवा, स्वास्थ्य प्रवर्द्धन तथा जीवनशैली व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । पछिल्ला वर्षहरूमा एलोपेथिक उपचारसँगै आयुर्वेदिक उपचारलाई पूरक उपचारका रूपमा अपनाउने नागरिकको सङ्ख्या बढ्दै गएको उनले बताए ।

 आयुर्वेदिक उपचार केवल रोग निको पार्ने माध्यम मात्र नभई स्वस्थ जीवनशैली अपनाउने अभियानसमेत भएकाले समुदाय स्तरमा यसको पहुँच विस्तार गर्न चिकित्सालयले विभिन्न विद्यालय, स्थानीय तह तथा समुदायसँग सहकार्य गरी योग शिविर, स्वास्थ्य शिक्षा, आयुर्वेदसम्बन्धी सचेतनामूलक कार्यक्रम र नि:शुल्क स्वास्थ्य परीक्षण सञ्चालन गर्दै आइएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

 चिकित्सालयले आगामी दिनमा सेवा विस्तार, विशेषज्ञ जनशक्ति व्यवस्थापन, आधुनिक उपकरणको प्रयोग तथा आयुर्वेदिक उपचारलाई अझ प्रभावकारी र सहज बनाउने योजनासहित अघि बढिरहेको जनाएको छ ।

0 Comments