७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेतृत्व परिवर्तन मात्रलाई पार्टी पुनर्गठन मान्न सकिन्छ ?’ भन्दै सांसद झाँक्रीको प्रश्न

अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा अघि बढाइएको पुनर्गठनको अवधारणामाथि प्रश्न उठाएकी छन्। उनले नेतृत्वको एक तहमा मात्रै परिवर्तन गरेर संगठनका अन्य पक्ष यथावत् राखिए त्यसलाई पुनर्गठनको रूपमा परिभाषित गर्न मिल्ने वा नमिल्ने विषयमा प्रश्न गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएको राजनीतिक बहसकै सन्दर्भमा पुनर्गठनको औचित्यमाथि टिप्पणी गरेकी छन्।

उनले संगठनको नेतृत्वमा एक जना व्यक्तिलाई हटाउनेबाहेक संरचना, कार्यशैली, नेतृत्वका अनुहार र पार्टीभित्रको शक्ति सन्तुलनमा परिवर्तन नआए त्यसलाई वास्तविक पुनर्गठन मान्न नसकिने संकेत गरेकी छन्।

झाँक्रीले पार्टीको आन्तरिक लोकतन्त्रको अवस्थालाई पनि आफ्नो टिप्पणीसँग जोड्दै जेन जेड आन्दोलन सुरु हुनुभन्दा एक दिनअघि सम्पन्न विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रसम्बन्धी विषयले पर्याप्त स्थान नपाएको उल्लेख गरेकी छन्।

उनको अभिव्यक्ति सार्वजनिक भएपछि एमालेभित्रबाट त्यसको पक्ष-विपक्षमा प्रतिक्रिया आउन थालेका छन्। विशेष गरी पार्टीका युवा नेताहरूले सामाजिक सञ्जालमार्फत झाँक्रीको टिप्पणीप्रति प्रतिउत्तर दिन थालेका छन्।

पार्टीको नेतृत्व, संगठनात्मक संरचना र आन्तरिक शक्ति सम्बन्धमा परिवर्तनलाई कसरी संस्थागत गर्ने भन्ने विषयमा एमालेभित्र बहस चलिरहेका बेला झाँक्रीको पछिल्लो टिप्पणी आएको हो।

0 Comments