काठमाडौँ । बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्ष पदमा चिरञ्जीवी ओली फराकिलो मतसहित विजयी भएका हुन् । आज सार्वजनिक भएको मत परिणाम अनुसार ओली एक हजार ३८६ मतसहित विजयी भएका छन्। अध्यक्ष पदका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गरे । यसअघि ओली संघमा वरिष्ठ उपाध्यक्ष थिए ।
महिला उपाध्यक्षमा रूपा ओझा एक हजार १६६ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी उमा ग्राण्डनले ५०३ मत प्राप्त गरिन् । निर्वाचनको अन्तिम नतिजा अनुसार महासचिव पदमा विष्णु श्रेष्ठ एक हजार २८७ मतसहित विजयी हुँदा सोही पदका अर्का उम्मेदवार दीपेन्द्रकुमार जोशीले ४०८ मत प्राप्त गर ।
उपमहासचिव पदमा प्रदीप आचार्य विजयी भएका छन् । ८६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शिवप्रसाद दाहालले ८४२ मत प्राप्त गरे । त्यसैगरी कोषाध्यक्ष पदमा टीकामणि उपाध्याय ९१७ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सूर्य श्रेष्ठले ५९८ र नारायण प्रसाईँले १८३ मत प्राप्त गरेका गरे ।
दश जना कार्यसमिति सदस्य पदका लागि भएको निर्वाचनमा सन्तोषकुमार पौडेल, तोपबहादुर थापा नन्दराम जैसी शरदराज अधिकारी, नगेन्द्र शाही, आदित्य गुप्ता, जाहाँगिर मुसलमान, शरदप्रसाद रिजाल, सुरजबहादुर भण्डारी र अतुलकुमार गुप्ता विजयी भएका छन् । निर्वाचनमा यसअघि नै उपाध्यक्षद्वय उद्योगतर्फ कमलकुमार कार्की र वाणिज्यतर्फ विष्णुप्रसाद श्रेष्ठ निर्विरोध भएका थिए ।






