७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहको भ्रमणले मुस्ताङवासी उत्साहित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणले मुस्ताङवासी उत्साहित भएका छन् । उनको मुस्ताङ भ्रमणले त्यहाँको चर्चा चुलिएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ पुगेकी थिइन् । तर उनी काठमाडौँबाट पोखरा हुँदै नेपाली सेनाको हेलिकप्टरबाट सिधै मुक्तिनाथ क्षेत्र पुगेकी थिइन् । 

प्रधानमन्त्री शाह भने बर्खायामको मौसममा समेत बेनी-जोमसोम सडकखण्डको सास्ती व्यहोर्दै आफैँले सवारीसाधन हाँकेर शनिबार मुस्ताङको जोमसोम पुगेका थिए । सोही दिन साँझ प्रधानमन्त्री शाहले मुक्तिनाथको दर्शन गरी जोमसोममा बास बसे ।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबाट त्यहाँको पर्यटन क्षेत्रमा ठूलो उभार आउने अपेक्षा गरिएको छ । मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनले प्रधानमन्त्री शाहको मुस्ताङ आगमनले यस क्षेत्रको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने बताए । “प्रधानमन्त्री जहाँ जानु हुन्छ, त्यसक्षेत्रको पर्यटन क्षेत्रको चर्चा निकै चुलिएको छ”, उनले भने, “उहाँको मुक्तिनाथ दर्शनसहितको मुस्ताङ भ्रमणले यहाँको धार्मिक पर्यटन क्षेत्रलाई थप चलायमान बनाएको छ ।”

प्रधानमन्त्री शाहले मुक्तिनाथको दर्शन गरेर पवित्र धार्मिकस्थल मुक्तिनाथको धार्मिक आस्था, विश्वास र गरिमालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म सन्देश प्रवाह गरेको अध्यक्ष लालचनले बताए । प्रधानमन्त्रीको पहिलो स्वदेश भ्रमण मुस्ताङबाटै सुरु भएको र त्यो पनि सडक मार्गबाटै भएकाले सडक पूर्वाधार विकासतर्फ पनि उनको ध्यान जानेमा आफू आशावादी बनेको उनले उल्लेख गरे। 

“राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकमार्ग अस्तव्यस्त छ,  प्रधानमन्त्रीले यसको प्रत्यक्ष अनुभव गर्नुभयो”, अध्यक्ष लालचनले भने, “बेनी-जोमसोम सडकको स्तरोन्नति आवश्यक छ, यहाँ संसारभरीका नागरिक घुम्न आउँछन् ।”

अध्यक्ष लालचनले कोरला नाका हुँदै तिब्बतको कैलाश मानसरोवर धार्मिक तीर्थाटनका लागि सो नाकामा अध्यागमन कार्यालयलाई सक्रिय बनाएर राहदानीको समेत सुविधा हुन सके मुस्ताङको पर्यटन क्षेत्रमा कायापलट हुने बताए । उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकका लागि पनि नेपाली नागरिक जस्तै अर्थ निषेधित क्षेत्रलाई फुकुवा गर्न सकेमा भारत, नेपाल र चीनबीच त्रिदेशीय पर्यटन मार्ग थप सहज हुने अध्यक्ष लालचनको भनाइ छ ।

प्रधानमन्त्री शाहको भ्रमणले मुस्ताङको पर्यटन क्षेत्रले थप फड्को मार्ने मुक्तिनाथ होटेल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले उल्लेख गरे । प्रधानमन्त्रीको मुस्ताङ भ्रमण हुन यहाँका पर्यटन व्यवसायीका लागि ठूलो अवसर भएको उहाँको भनाइ छ । प्रधानमन्त्री शाहबाट मुक्तिनाथको दर्शनले धार्मिक आस्था र यस क्षेत्रको महत्वलाई थप उजागर गर्न सफल भएको एशोसिएनका अध्यक्ष गुरुङले बताए ।

मुस्ताङको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सन् २०१८ को मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दर्शन गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीको उक्त भ्रमणपछि मुक्तिनाथ मन्दिरमा भारतीय दर्शनार्थीको सङ्ख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको अध्यक्ष गुरुङले बताए । 

भारतीय प्रधानमन्त्री मोदीपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि मुक्तिनाथ मन्दिरको दर्शन गरेकी थिइन् । यस पटक प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण र मुक्तिनाथको दर्शनले यसक्षेत्रको धार्मिक पर्यटनका क्षेत्रमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।

0 Comments