८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

अ+ अ-

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ ।

सदरमुकाम मार्तडीस्थित मालिका मन्दिर पूजाआजा गरी सरकारी टोली आज त्यसतर्फ लागेको हो । सुरक्षाकर्मीको सलामी, बाजागाजासहित, फूल मालामा सजिएका जमराको टोकरी शिरमा राखेर पञ्चकन्या र महिलाले सरकारी टोलीको बिदाइ गरेका हुन् ।

बडी मालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरासहितको एकीकृत रूपमा सरकारी टोली बडी मालिकातर्फ गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

देशका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाट समेत सयौँको सङ्ख्यामा तीर्थयात्रा केही दिन पहिलादेखि नै बडी मालिका, बुढीनन्दा जान थाले पनि औपचारिक यात्रा आजबाट सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी निरौलाले प्रहरी प्रमुखको नेतृत्वमा नै टोली  गएकाले बडी मालिकामा सुरक्षा व्यवस्था प्रभावकारी तुल्याइएको बताए। बुढीनन्दामा भने आइतबार नै जिल्लाको सरकारी टोली हिडिसकेको छ । बडी मालिका र बुढीनन्दा दुवै धार्मिक शक्तिपीठमा तीन दिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने मान्यता छ । जिल्लाको टोली बडी मालिका प्रस्थान गरेको अवसरमा आज नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडी मालिका मन्दिर पुग्ने गरेको नगरपालिका प्रमुख खड्काले जानकारी  दिए । बडी मालिका, बुढीनन्दासहित जिल्लाका दर्जन बढी धार्मिक शक्तिपीठमा हरेक वर्ष मुख्य पूजा जनपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुने परम्परा छ  । आफ्नो मनोकाङ्क्षा पुरा हुने विश्वासका साथ धार्मिक शक्तिपीठमा भक्तजनले पूजापाठ गर्ने प्रचलन छ ।

जिल्लाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय तीर्थस्थल बुढीनन्दा करिब चार हजार ८८८ मिटर उचाइमा अवस्थित छ । यस्तै सत्य युगमा भगवान् शिवले सतीदेवीको शरीरलाई संसार भर घुमाउने क्रममा पर्वत शृङ्खलामा शरीरका अंग खसेको र सोही स्थानमा देवीको फेरि अवतार भएको धार्मिक विश्वासका आधारमा बडी मालिकामा पूजापाठ गर्ने गरिएको मान्यता रहेको बडी मालिकाका पुजारी नेत्र पाध्यायले बताए ।

बडी मालिका क्षेत्रमा २२ आकर्षक पाटन, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थल  छन् । धार्मिक पूजाआरधानाका साथै सोही स्थानको अवलोकन गर्न तीर्थयात्री बडी मालिका आउने गरेको पाइन्छ ।

बडीमालिकाको दर्शनपछि मनोकाङ्क्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजन दर्शन गर्न आउने गरेको पुजारी नेत्रप्रसाद पाध्यायको भनाइ छ । बडी मालिकाले सबै तह र तप्काका व्यक्तिलाई आफ्नो  मनोकाङ्क्षा पुरा गर्दिने जनविश्वास भएकाले श्रद्धालु भक्तजन यस मेलामा घुइँचो लाग्ने गरेको भनाइ रहेको छ ।

बडी मालिका पूजाका लागि डोटी, जुम्ला र कालिकोटसहित कैलालीको धनगढी उपमहानगरपालिकाको सरकारी टोलीसमेत यसअघि नै प्रस्थान गरिसकेको छ । यस्तै बडी मालिका भगवतीको पूजाका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि आइतबार पूजा सामग्रीसहित सरकारी टोली पठाएको छ ।

बडी मालिका र बुढीनन्दा दिदीबहिनी भएकाले मुख्य पूजा यहीँ भदौ ११ गते हुनेछ ।  भक्तजनको चाप बढ्न थालेपछि एकै दिन पूजा गर्न नसकिने भन्दै भदौ १ गतेबाट नै पूजा प्रारम्भ गरिएको नगरप्रमुख खड्काले जानकारी दिनुभयो । बडी मालिका माताको दर्शनका लागि दर्शनार्थीहरुको सङ्ख्या विगतका वर्षभन्दा यस वर्ष झन् बढ्ने अनुमान गरिएको छ । यस पटक बडी मालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा  विस्तारका लागि नेपाल टेलिकमको ‘फोरजी’ टावर जडानसमेत भइरहेको छ । बडी मालिका मन्दिर चार हजार २०० मिटर उचाइमा छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले यसअघि धनगढीमा चुनावी अभियानका क्रममा बडीमालिकालाई नेपालको ‘स्विट्जरल्यान्ड’ भनेर उल्लेख गरेपछि त्यस क्षेत्रले थप चर्चा पाएको स्थानीयको भनाइ छ ।

0 Comments