८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराको परिवारलाई उचित क्षतिपूर्ति तथा दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनका अनुसार बसको ठक्करबाट बोहरा लडेर घाइते भएपछि उक्त सवारीसाधन पुनः पछाडि फर्केर किच्दा घटनास्थलमै उनको मृत्यु भएको थियो । प्रमुख सचेतक महरले घटनापछि मृतकका परिवारजन र आफन्तले विरोध गर्दा प्रहरीले सवारीसाधनमाथि आवश्यक कारबाही गर्नुको सट्टा उनीहरूमाथि नै प्रहार गरेको आरोप पनि लगाए । उनले पीडित परिवारलाई न्याय, उचित क्षतिपूर्ति र घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘कैलालीको गोदावरी नगरपालिका-२ नजिकै महाकाली यातायातको सुदूरपश्चिम प्रदेश २००१ ख ९५६ नम्बरको एक जना बझाङकी सिन्की बोहरालाई ठक्कर दिएर अगाडि बढ्यो । उहाँ लड्नुभयो, घाइते हुनुभयो । त्यो गाडी पछाडि फर्केर किचेर घटनास्थलमै ज्यान लियो । त्यसपछि मृतकका परिवार र आफन्तले विरोध गर्दा प्रहरीले गाडीमाथि कारबाही गर्नुको सट्टा उनीहरूमाथि उल्टै प्रहार गर्‍यो ।’

आइतबार अत्तरिया बसपार्कमा पानी बेच्दै आएकी बोहरालाई महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

0 Comments