काठमाडौँ । सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीका कारण प्रभावित स्थानीय तहमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्ले प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको जानकारी दिएका छन्।
बुधबार आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्ला प्रभावित भएका छन्। प्रभावित स्थानीय तहको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।






