११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र

अ+ अ-

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधवार आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका तटीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ । 

बाढीले रसुवादेखि चितवनसम्मको तटीय क्षेत्रमा असर पुर्‍याउनुका साथै कतिपय स्थानहरू डुबानमा परेपछि जनजीवन प्रभावित बनेको हो । बाढीका कारण सडक तथा बजार क्षेत्रमा जम्मा भएको हिलो र लेदो पन्छाउने कार्य अहिले तिब्र गतिमा भइरहेको छ । धादिङको बैरेनी बजार क्षेत्रमा बाढीले ल्याएको हिलो सोर्ने र अवरुद्ध सडक सफा गरी यातायात सुचारु गर्ने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

यस्तै, नुवाकोटको रातोमाटे क्षेत्रमा बाढीका कारण पुगेको क्षतिको विवरण संकलन गर्ने र बेपत्ता हुन सक्नेहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ । केरौनिटार लगायतका प्रभावित क्षेत्रहरूमा पनि सुरक्षा निकाय र स्थानीय उद्धार टोलीले उद्धार कार्यलाई निरन्तरता दिएका छन् । भोटेकोशी र त्रिशूली नदीको बहाव एक्कासि बढ्दा नदी किनारका बस्तीहरू कटानमा पर्नुका साथै भौतिक पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको छ । बाढीले त्रिशूली नदीको आसपासका खेतीयोग्य जमिन र संरचनाहरू बगाएको छ ।

रसुवाबाट शुरु भएको बाढीको प्रभाव नुवाकोट र धादिङ हुँदै चितवनसम्म पुगेको थियो । हाल प्रभावित क्षेत्रहरूमा लेदो पन्छाउने, सडक सुचारु गर्ने र पीडितहरूलाई राहत तथा सुरक्षा प्रदान गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ । प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई अझै पनि सतर्क रहन आग्रह गरेको छ । आगामी आईतवारसम्म चीन क्षेत्रमा ठूलो वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरिएको छ । 

0 Comments