११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकनमा निस्किए प्रधानमन्त्री शाह

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाहसँग पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्। प्रधानमन्त्रीसहितको टोली बिहान ९ः३० बजे सडक मार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेको हो।

रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहतका काम प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्दै आएका छन्।

बाढीपछि उनले उच्चस्तरीय बैठक बोलाएर खोज, उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन मातहतका निकायलाई आवश्यक निर्देशन दिएका थिए।

बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्‍याए पनि समय सीमित रहेकाले प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

निरीक्षणका क्रममा प्रधानमन्त्री शाह र पूर्वाधार विकासमन्त्री लम्सालले बाढीबाट भएको भौतिक क्षतिको अवस्थाबारे स्थलगत जानकारी लिनेछन्। उनीहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत तथा पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्ने कार्यक्रम छ।

त्यसैगरी, प्रभावित क्षेत्रमा राहतको कामलाई तीव्र बनाउने तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र पुनर्स्थापनाका लागि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको जनाइएको छ।

0 Comments