११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् प्रभावित क्षेत्रमा पशु उद्धार तथा जैविक सुरक्षा टोली परिचालन

अ+ अ-

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नदी आसपासका क्षेत्रमा पशुपन्छीको संरक्षण तथा स्वास्थ्य व्यवस्थापनका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक जनशक्ति परिचालन गरेको छ।

रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा खटाइएको टोलीले घाइते पशुपन्छीको उद्धार र आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा रोग संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक जैविक सुरक्षा व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ। टोलीसँग पशु उपचारका लागि आवश्यक औषधिसमेत उपलब्ध गराइएको छ।

मन्त्री गीता चौधरीको निर्देशनमा विपद् प्रभावित क्षेत्रमा उक्त प्राविधिक सहयोग परिचालन गरिएको हो। बाढीबाट पशुपन्छीमा पर्न सक्ने स्वास्थ्य तथा संक्रमणसम्बन्धी जोखिमलाई ध्यानमा राखी तत्काल सेवा उपलब्ध गराउने उद्देश्यले टोली परिचालन गरिएको मन्त्रालयको भनाइ छ।

यसैबीच, पशु सेवा विभागले विपद्को अवस्थामा उद्धार तथा उपचार कार्यलाई प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी संस्था, पेशागत संघ-संस्था, पशु व्यवसायसँग आबद्ध उद्यमी तथा व्यवसायी, पशु कल्याण क्षेत्रमा कार्यरत संस्था, निजी पशु स्वास्थ्यकर्मी र नागरिक समाजलाई समन्वय तथा सहकार्यका लागि आग्रह गरेको छ।

विभागले प्रभावित क्षेत्रमा उपलब्ध स्रोतसाधनको समुचित परिचालन र सरोकारवाला निकायबीचको सहकार्यबाट पशुपन्छीको उद्धार, उपचार तथा सुरक्षित व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सकिने जनाएको छ।

0 Comments