पर्वत । महाशिला गाउँपालिकाले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ।
गाउँ कार्यपालिकाको निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
बाढीबाट भएको जनधनको क्षतिप्रति गाउँपालिका परिवारले दुःख व्यक्त गर्दै घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ।
गाउँपालिकाले विपद्को यस घडीमा सरकारबाट भइरहेको उद्धार, प्रतिकार्य तथा पुनर्लाभका विभिन्न चरणमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको जनाएको छ।







