१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरको कुम्भेश्वरमा जनैपूर्णिमा मेलाको भव्यता (फोटो फिचर)

अ+ अ-

काठमाडौँ । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा (क्वाँटी पुन्ही) को पावन अवसरमा ऐतिहासिक नगरी पाटनस्थित पाँचतले श्री कुम्भेश्वर महादेव मन्दिर परिसरमा हजारौँ भक्तजनको सहभागितामा भव्य मेला तथा जात्रा सम्पन्न भएको छ ।

बिहानको व्रह्ममुहूर्तदेखि नै मन्दिर प्रांगण, कोन्ती पोखरी र आसपासका पाटी-पौवाहरूमा दर्शनार्थी तथा साधकहरूको ठुलो घुइँचो लागेको थियो । 

रसुवाको ४,३८० मिटर उचाइमा रहेको दुर्गम हिमाली तीर्थ गोसाईंकुण्ड पुग्न नसक्ने लाखौँ भक्तजनहरूले कुम्भेश्वर परिसरस्थित पवित्र कोन्ती पोखरीमा स्नान गरी महादेवको पूजा-अर्चना गरेका छन् ।

पौराणिक मान्यता अनुसार समुन्द्र मन्थनको कालकूट विष सेवनपछि भगवान् शिवले त्रिशूल प्रहार गरी उत्पन्न गर्नुभएको गोसाइँकुण्डको जल भूमिगत मार्ग हुँदै सिधै पाटनको कुम्भेश्वर पोखरीमा आइपुग्ने विश्वास गरिन्छ । 

विगतमा गोसाइँकुण्डमा खसेको काठको लौरो वा हाँस कुम्भेश्वरमा भेटिएको किंवदन्तीले गर्दा यहाँ स्नान गर्दा गोसाइँकुण्डकै बराबर पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । 

पोखरीको बीचमा काठेपुल बनाएर सजाइएको जलशयन सर्वेश्वर महादेवको खटमा भक्तजनहरूले बेलपत्र, जल र नैवेद्य अर्पण गरेका थिए । जनैपूर्णिमाको दिन कुम्भेश्वर परिसरमा देखिने सबैभन्दा अनौठो र रहस्यमयी आकर्षण धामी–झाँक्रीहरूको भेला तथा तान्त्रिक साधना रह्यो ।

भगवान् शिवलाई सम्पूर्ण मन्त्र–तन्त्र र झारफुक विद्याका आदिगुरु मान्दै देशभरका विभिन्न भूभागबाट आएका झाँक्रीहरू मन्दिरमा भेला भएका थिए । शिरमा मयूरको प्वाँखको अग्लो मुकुट, घाँटीमा १०८ दानासम्मका रुद्राक्ष माला, सेतो जामा र हातमा ढ्याङ्ग्रो र गजो लिएर उनीहरू विशेष तालमा नाच्दै मन्दिरको परिक्रमा गरेका थिए । 

मयूरले विष पचाउन सक्ने भएकाले नकारात्मक शक्ति नाश गरी सकारात्मक ऊर्जा जगाउने प्रतीकका रूपमा मयूरको मुकुट लगाउने परम्परा रहेको छ । यस दिन नयाँ झाँक्रीहरूले दीक्षा प्राप्त गर्ने र पुराना धामीहरूले शक्ति नवीकरण गर्ने गर्छन् । 

0 Comments