काठमाडौँ । त्रिवेणी समूहले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
समूहका अध्यक्ष सुभाषचन्द्र संघईले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा समूहका निर्देशकहरू गोविन्दलाल संघई, हर्षवर्धन संघई र साकेत संघई उपस्थित थिए।
देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै कोषमार्फत सहयोग उपलब्ध गराइएको समूहले जनाएको छ।
बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ।






