१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग परिसंघद्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. पाँच करोड २९ लाख १५ हजार सहयोग हस्तान्तरण गरिएको छ । 

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रु. पाँच करोड २९ लाख १५ हजारको चेक हस्तान्तरण गरेको हो । 

आजै अर्थमन्त्री वाग्लेलाई एमएडब्लु गु्रपबाट परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले रु. एक करोड ११ लाख, परिसंघ गभर्निङ काउन्सिलका सदस्य एवं उद्योगी विजयकुमार शाहले रु एक करोडको चेक हस्तान्तरण गर्नुभयो । त्यस्तै जावलाखेल डिष्टिलरीबाट रु. एक करोड, हिमालयन डिष्टिलरीबाट रु. एक करोड, हिमालयन बुलियन कम्पनीबाट रु. एक करोड एक लाख हस्तान्तरण गरिएको परिसंघका अध्यक्ष पाण्डेले जानकारी दिए।

चौधरी ग्रुप र नबिल बैंकबाट रु. १५ करोड बढीको सहयोग प्रदान भएको छ भने नेपाल आदर्श निर्माण कम्पनीबाट रु. १० लाख सहयोगको प्रतिबद्धता आएको नेपाल उद्योग परिसंघले विज्ञप्तिमार्फत जनाएको छ । परिसंघका अनुसार गुड होम प्रडक्टस्बाट रु. दुई लाख २१ हजार, ब्रिटिश कलर इन्डष्ट्रिज्बाट रु. दुई लाख १० हजार, लाङटाङ रि ट्रेकिङबाट रु. एक लाख १२ हजार, कास ट्रडिङबाट रु. एक लाख ११ हजार १११, सिल्भर लाइनिङबाट रु. एक लाख ११ हजार १११, ग्लोकल प्रालिबाट रु ५० हजार आर्थिक सहयोग प्रदान भएको छ ।

यसअघि परिसंघको समन्वयमा गोर्खा ब्रुअरीले रु. १० करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । आज अर्थमन्त्रीलाई चेक हस्तान्तरण कार्यक्रममा पूर्वअध्यक्ष शतिसकुमार मोर, परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, उपाध्यक्ष राजबहादुर शाह, राष्ट्रिय परिषद् सदस्यहरू, सहयोग गर्ने संस्थाका प्रतिनिधि, परिसंघका महानिर्देशक डा घनश्याम ओझालगायत सहभागी थिए । 

परिसंघले आफ्ना सदस्य संस्था, उद्योगी व्यवसायीलाई रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुन:स्थापनाका कार्यमा सक्दो सहयोग गर्न अनुरोधसमेत गरेको छ ।

0 Comments