१३ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार प्रोत्साहन रकम

अ+ अ-

बाजुरा । परम्परागत कृषि प्रणालीमा गोरुको प्रयोग तथा किसानलाई गोरु पालनतर्फ आकर्षित गर्न बाजुराका एक सय ५६ किसानलाई प्रतिकिसान रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।

प्रविधि तथा कृषि यान्त्रिकीकरण बढ्दै गएपछि गोरु पाल्ने क्रम घट्न थालेकाले किसानलाई गोरु पालनमा प्रोत्साहित गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।

प्रोत्साहन रकम पाउने किसानमा स्वामीकार्तिक खापर गाउँपालिकाका ३७, बडीमालिका नगरपालिकाका ३३, गौमुल गाउँपालिकाका ३२, बुढीनन्दा नगरपालिकाका १४, खप्तड छेडेदह गाउँपालिकाका १४, जगन्नाथ गाउँपालिकाका ११, हिमाली गाउँपालिकाका सात, त्रिवेणी नगरपालिकाका चार र बुढीगंगा नगरपालिकाका तीन जना रहेका छन् ।

उक्त कार्यक्रमका लागि जिल्लाका नौ वटै स्थानीय तहबाट चार सय जनाले आवेदन दिएका थिए । आवश्यक कागजात जाँच गरी दुई सय जना छनोट गरिए पनि असार २५ गतेसम्म एक सय ५६ किसानले मात्रै आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूको बैंक खातामा प्रतिकिसान रु पाँच हजारका दरले रकम भुक्तानी गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सिद्धराज जैशीले जानकारी दिए।

“घरमा एक हल गोरु पालेर परम्परागत कृषि प्रणालीअनुसार खेती गरिरहेका किसान तथा जिल्लाका विकट स्थानीय तहलाई प्राथमिकता दिएर छनोट गरी रकम उपलब्ध गराएका छौँ,” उनले भने, “दुर्गम गाउँबाट सदरमुकाम आउन सहज नभएकालाई सम्बन्धित पालिकामै आवश्यक कागजात बुझाउने व्यवस्था गरेका थियौँ ।”

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले हल गोरु पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमका लागि बाजुरामा रु १० लाख बजेट विनियोजन गरेको थियो ।

0 Comments