काठमाडौँ । कोशी प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवा अन्तर्गत स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन तथा लेखा समूहको सहायकस्तर चौथो तहका खरिदार तथा सह लेखापाल पदको लिखित परीक्षा नतिजा प्रकाशित गरेको छ।
आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले आइतबार सूचना जारी गर्दै खुला तथा समावेशीतर्फ लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको रोल नम्बर र नाम सार्वजनिक गरेको हो।
आर्थिक वर्ष २०८२-८३ का विज्ञापन नम्बर ४५०१ देखि ४५०८ सम्मका खुला तथा समावेशी समूहका १५१ पदका लागि तीन हजार ५०५ उम्मेदवार लिखित परीक्षामा सहभागी भएका थिए। उक्त परीक्षा २०८३ असार ६ गते सञ्चालन भएको थियो।











