काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य प्रतितोला रु आठ हजार ८०० र चाँदीको मूल्य रु १८५ ले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९७ हजार ३०० र चाँदीको मूल्य रु चार हजार ५८० कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ थियो ।






