१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी

अ+ अ-

काठमाडौँ । हेटौँडा-काठमाडौँ सडकखण्डमा यति बेला सवारीको चाप मात्रै छैन । यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ । त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौँ आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ । वैकल्पिक सडकमा सवारीको चाप बढेसँगै मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । र यसको नेतृत्व कार्यालयबाट मात्र होइन प्रहरी अधिकारीहरू स्वयं सडकमा उत्रिएर गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बिष्ट आफैँ सडकमा पुगेर सवारीको आवागमन व्यवस्थापनमा खटिएका छन् । सवारीको लामो लाइन, साँघुरा सडक र वैकल्पिक मार्गमा बढेको चापबीच प्रहरीले सवारीलाई निर्धारित रुटअनुसार सञ्चालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक सवारीलाई प्राथमिकता दिने काम गरिरहेको छ । प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीका लागि छुट्टै रुट निर्धारण गरेको छ । हेटौँडाबाट काठमाडौं जाने त्यस्ता सवारीले भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र काठमाडौं आउने सवारीले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ ।

ठूला यात्रुवाहक तथा मालवाहक सवारीका लागि भने काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्तिलोकपथ प्रयोग गर्न भनिएको छ । त्रिभूवन राजपथमा रहेको कमजोर बेलिब्रिजका कारण इन्धन तथा भारी मालवाहक सवारी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ । सडकको यो असहजताले यात्राको समय पनि बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विष्टले बीच बीचमा प्रहरी राखेर यात्रालाई सहज बनाउने काममा लागेको बताए ।

पालुङ क्षेत्रमा रोकिएका करिव १ सय ५० सवारी साधनहरूलाई सुरक्षाकर्मीको निगरानीमा ‘स्कर्टिङ’ गरेर काठमाडौं ल्याउने कार्य भइरहेको छ । मंगलवार काठमाडौँबाट छुटेका ती सवारी साधनहरू सरकारी निर्णय हुनुअघि नै पालुङ पुगेका कारण त्यहाँ रोकिएका थिए । उनकाअनुसार पालुङमा रोकिएका ती सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाएपछि मात्रै काठमाडौँबाट अर्को समूहका सवारी साधनहरूलाई सो मार्गमा प्रवेश अनुमति दिइनेछ ।

त्यसैगरी, १४ सिट क्षमतासम्मका हलुका सवारी साधनहरू भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै फर्पिङको बाटो भएर सञ्चालन भइरहेका छन् । हलुका सवारी साधनको हकमा आज असोज १६ गतेदेखि लागू हुने गरी २४ सै घण्टा आवतजावत गर्न दिने निर्णय भएको छ । हाल सडकमा पर्याप्त ट्राफिक जनशक्ति परिचालन गरी ठाउँ–ठाउँमा सवारी साधनहरूलाई ‘होल्ड’ गर्दै र समूह बनाएर गन्तव्यतर्फ पठाउने (कन्भे) कार्य भइरहेको उनले बताए। सडकको भौगोलिक अवस्था र सुरक्षालाई ध्यानमा राख्दै कतिपय स्थानमा सवारी साधनहरूलाई केही समय रोकेर पठाउने गरिएकोले बीच–बीचमा केही अवरोध देखिए पनि व्यवस्थापन कार्यलाई चुस्त बनाइएको प्रहरीले जनाएको छ ।

उनले भने, ‘बीच–बीच बाटोमा हामीले ट्राफिकहरूलाई राखेर म्यानेजमेण्ट गरिनै रहेका छौँ । अनि यो अहिले पालुङमा झन्डै १५० वटा जति गाडी होल्ड भएर बसेको अवस्था हो । त्यो भनेको हिजो काठमाडौँबाट छोडेको गाडी त्यहाँ आएर लङ टाइम त्यहाँ होल्ड भइसकेको छ । त्यो हिजो निर्णय हुनुभन्दा अगाडि नै त्यो गाडी त्यहाँ छोड्या भएर त्यहाँ आएर होल्ड भयो ।

अब अहिले त्यो गाडीलाई स्कर्ट गरेर अहिले हाम्रो ल्याउने कार्य भइराख्या छ । त्यहाँबाट पालुङबाट ल्याइसकेपछि अनि फेरि अर्को लट यहाँबाट हामीले पालुङको बाटोबाट छोड्ने कुराहरू गरिराख्या छौँ । त्यसले गर्दाखेरि अब ट्राफिक म्यानेजमेन्टमा अब हामीले सक्दो म्यानपावरलाई युज गरेर हामीले गरिराछौँ । यी हेभी गाडीहरूलाई र साना गाडीहरूलाई छुट्टाछुट्टै मार्गको प्रयोग गर्नुभएको छ ? पालुङ हुँदै हेभी गाडी अनि भिमफेदी–कुलेखानी हुँदै लाइट गाडीहरूलाई हो ? हजुर, १४ सिटेहरू भिमफेदी–कुलेखानी अनि यो सिस्नेरी हुँदै फर्पिङको बाटो भएर लाइट गाडीहरू जाने भयो । लाइट गाडीहरू आजदेखि १६ गतेबाट लागू हुने गरी २४ आवर नै चलाउने भन्ने कुरा भएको हो । यहाँबाट लाइट गाडीहरू सहजै रूपमा गइराख्या छ । हेभी गाडी मालवाहक गाडीको हकमा पालुङबाट अ यो पृथ्वी राजमार्गबाट आउट गराइराख्या अवस्था छ । अब यो पृथ्वी राजमार्ग पालुङतिर पठाउने क्रममा भिमफेदीबाट आउने गाडीहरूलाई एक छिन त्यो उहाँहरूकै सहजताको लागि हामीले एक छिन होल्ड गर्दै, कन्भे बनाएर, स्कर्ट गरेर हामीले लगिराख्या छौँ । अब बीच बीचमा अलि अलि रोकावट भइनै रहेको छ ।’

बाढीअघि सामान्य अवस्थामा करिव तीन घण्टामा पूरा हुने हेटौँडा–काठमाडौं यात्रा अहिले सवारीको चापका कारण झन्डै पाँच घण्टासम्म लम्बिएको छ । यात्रुवाहक सवारीसँगै अत्यावश्यक सेवाका सवारीलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउनु प्रहरीका लागि अर्को चुनौती बनेको छ । ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन तथा एम्बुलेन्सलाई प्रहरीले विशेष व्यवस्थापनसहित प्राथमिकतामा राखेर काठमाडौँसम्म पुर्‍याउने व्यवस्था मिलाइरहेको छ । विपद्का कारण सडकको अवस्था जटिल बन्दा प्रहरी नेतृत्व केवल निर्देशनमा सीमित छैन समस्या भएको ठाउँमै पुगेर व्यवस्थापनमा जुटेको छ ।

0 Comments